१२ पुष, काठमाडौँ । आज पुष १२ गते (सोमबार) महालक्ष्मी विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुष १३ गते बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
महालक्ष्मी बैंकको वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश (कर सिहत) गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
वि.सं.२०७८ पुस १२ सोमवार ११:०८ मा प्रकाशित




























