back
CTIZAN AD

यी हुन् नेकपा माओवादी केन्द्रको १५ पदाधिकारीमा नयाँ आकांंक्षी

वि.सं.२०७८ पुस १२ सोमवार

726 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिबेशन राजधानीमा सुरु भएको छ । पौष ११ देखि १५ सन्चालन हुने महाधिबेशनले पार्टीमा पहिलोपटक बहुपदीय नेतृत्व चयन गर्ने भएको छ ।

आइतवार विभिन्न राजनीतिक दलका शिर्षस्थ नेताहरुको उपस्थितिमा राजधानीको प्रज्ञा प्रतिष्ठानमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाधिबेशनको उद्घाटन गरेका हुन् ।

आइतवारको उद्घाटन सत्र सम्पन्न भएसँगै सोमवार ११ बजेदेखि सो पार्टीको बन्दसत्र सुरु हुनेछ । बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राजनीतिक प्रतिवेदन पेश गर्नेछन् भने विधान संशोधन लगायतका विविध विषयमा छलफल हुने समेत बताइएको छ ।

१५ पदाधिकारीमा को–को छन् त आकांक्षी
नेकपा (माओवादी केन्द्र) को आठौं महाधिबेशनले केन्द्रीय समितिमा १५ पदाधिकारीसहित १९९ सदस्य चयन गर्नेछ । आइतवार बिहान सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले गरेको विधान संशोधन अनुसार अव पार्टीमा १५ पदाधिकारीसहित १९९ केन्द्रीय सदस्य हुनेछन् । विधान अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र एक कोषाध्यक्षसहित १५ पदाधिकारी र १८४ केन्द्रीय सदस्य सहित अब पार्टीमा १९९ जनाको केन्द्रीय समिति बन्ने भनिएको छ ।

नेकपा ( माओवादी केन्द्र ) को १५ पदाधिकारीमा हालसम्म आकांक्षी देखिएकामा वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ सर्वसम्मत जस्तै देखिएका छन् । हालसम्म श्रेष्ठ बाहेक वरिष्ठ नेतामा अन्यले इच्छा देखाएको पाइएको छैन ।

त्यसैगरी पार्टीको ६ उपाध्यक्षका लागि कृष्ण बहादुर महरा, वर्षमान पुन, देव गुरुङ,हरीवोल गजुरेल, मातृका यादव, लीलामणि पोखरेल, गिरीराज मणि पोखरेल लगायतका आंकाक्षीं देखिएको बताइएको छ । यद्यपी चीनमा उपचार गराइरहेका वर्षमान पुन महासचिवका लागि आकांक्षी देखिएको पनि बताइएको छ ।

त्यसैगरी १ महासचिव पदमा जर्नादन शर्मा ‘प्रभाकर’ र नेतृ पम्फा भुसाल आकांक्षी देखिएका छन् । जनार्दन शर्माले महासचिवमा आफु नै हुनुपर्ने दावी गरिरहेको अवस्था भएकाले नेतृ भुसाललाई उपाध्यक्ष बनाउने अध्यक्ष प्रचण्डको तयारी रहेको पनि बताइएको छ । यद्यपी भुसाल निकट स्रोत भन्छ ‘उहाँले महासचिव पदमै दावी गर्नुहुनेछ र उहाँ यस पदका लागि योग्य पनि हुनुहुन्छ ।’

त्यसैगरी २ उपमहासचिवमा हालसम्म शक्ति बस्नेत, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, चक्रपाणी खनाल, गणेश साह लगायतको दावी रहेको स्रोत बताउँछ ।

त्यस्तै ३ सचिव पदका लागि अहिलेसम्म कोही पनि आकांक्षीको नाम सार्वजनिक नभइसकेको अवस्थामा उपमहासचिवका आकांक्षीलाई नै सचिवमा ल्याउन सकिने अध्यक्ष दाहालको तयारी रहेको बताइएको छ । यद्यपी यी पदका लागि अन्य व्यक्तिहरुले पनि दावी गर्ने समय रहेकाले कुन पदमा कस्ले उम्मेदवारी दिने भन्ने छलफल गर्न अझै समय रहेको छ । यद्धपी हितमान शाक्य, रेखा शर्मा र लेखनाथ न्यौपानेहरु सचिवमा ब्यबस्थापन हुने अडकल पनि उत्तिकै गरीएको छ । पदसंख्या थपिएकाले प्रचण्डलाइ नेतृत्व ब्यबस्थापन गर्न गाहो नहुने भएको छ ।

माओवादीको सोमवार ११ बजेदेखि सुरु हुने बन्द सत्रमा अध्यक्ष दाहालको प्रतिवेदन र नेता देव गुरुङले विधान संशोधन प्रस्ताव पेश गर्नेछन् । अध्यक्षको राजनीतिक प्रतिवेदन, नेता गुरुङको विधान संशोधन प्रस्ताव पेश गरेपछि सहभागी प्रतिनिधिलाई १५ समुहमा विभाजन गरेर छलफल गरिने बताइएको छ । उक्त प्रतिवेदन पारित भएसँगै नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु गरिने सो पार्टीको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रको आठौं महाधिबेशनः आजदेखि बन्द सत्र

 

 

वि.सं.२०७८ पुस १२ सोमवार १०:५२ मा प्रकाशित

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

काठमाडौं । ज्योति समूहअन्तर्गतको श्याकर ट्रेडिङ कम्पनीले हुन्डाई सवारी साधनका...