back
CTIZAN AD

राष्ट्रिय विकासका लागि प्रचण्डका ८ योजना, अन्य के छन् त ४५ पेजको राजनीतिक दस्तावेजमा ?

वि.सं.२०७८ पुस १३ मंगलवार

810 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय विकास लागि ८ योजना र कार्यक्रम अघि सारेका छन् ।

‘२१ औं शताब्दिमा समाजवादको नेपाली बाटो’ विषयक उनको ४५ पेजको दस्तावेजमा ४३ औं पृष्ठमा उनले नेता र कार्यकर्तालाई जोड्ने गरी सो धारणा सार्वजनिक गरेका हुन् ।

उक्त ८ कार्य योजनाको पहिलो बुँदामा अध्यक्ष प्रचण्डले हरेक पालिकामा कम्तिमा ५० जना संलग्न गरी अनिवार्य कृषि उद्यम÷उद्योग ६ महिनाभित्र स्थापना गर्ने बताएका छन् ।

दोस्रोमा त्यस्तो उद्यम स्थानीय स्रोत, बजार, प्रविधि, दक्ष जनशक्तिलाई ख्याल गरेर स्थानीय तहमै तय गर्ने । खाद्यान्न, पशुपालन, फलफूल, तरकारी, नगदेबाली, घरेलु तथा सना उद्योग वा अन्य श्रृजनात्मक काम हुन सक्ने । जमिन चक्लाबन्दी गरी किसानको स्वामित्व कायम रहने र उनीहरु समेत शेयरधनी हुने गरी कम्पनी वा सहकारी वा साझेदारीमा त्यस्ता व्यवसाय सन्चालन हुन सक्ने ।

तेस्रोमा अलि ठूलो परिणाममा काम गर्न चाहाने दुई वा दुई भन्दा बढी पालिकाले संयुक्त रुपमा वा समन्वयमा त्यस्तो उद्यम/व्यवसाय गर्न सक्ने ।

चौथोमा राज्यले प्रदान गर्ने सहुलियत, सुविधा, र पूर्वाधार निर्माणमा पालिका जिल्ला, प्रदेश र केन्द्रले सूचना संप्रेषण, समन्वय, सहजीकरण तथा सहयोग जुटाउन पहल गर्ने ।

पाँचौमा जिल्ला तहमा पालिकास्तरका उद्यमीवीच समन्वय गर्ने र पालिका स्तरमा उद्यमलाई चाहिने प्राविधिक तथा बजार व्यवस्थापनमा सघाउने व्यवस्था मिलाउने ।

छैटौंमा प्रदेशले जिल्ला स्तरबाट अनुरोध भएका क्षेत्रमा प्राविधिक सहयोग, अन्तरजिल्ला समन्वय र बजारीकरणको काम गर्ने । प्रदेशले कम्तीमा १०० जनालाई प्रत्यक्ष रोजगारी दिने गरी एक कृषि प्रशोधन तथा बजार केन्द्र तथा चिस्यान केन्द्र सम्बन्धी उद्योग स्थापना गर्ने ।

सातौं केन्द्रमा केन्द्रीय स्तरको प्रशोधन केन्द्र, चिस्यान केन्द्र र एक बजारको व्यवस्था गर्ने । त्यसका लागि शक्तिसाली उद्यम÷व्यवसाय परिचालन विभाग अध्यक्षको मातहत राख्ने ।

आठौं हरेक पार्टी कार्यकर्ताले वर्षमा १५ दिन ती स्थापित कृषि फार्म वा उद्यममा श्रम गर्नुपर्ने ।

वि.सं.२०७८ पुस १३ मंगलवार १०:०८ मा प्रकाशित

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

काठमाडौं । ज्योति समूहअन्तर्गतको श्याकर ट्रेडिङ कम्पनीले हुन्डाई सवारी साधनका...