back
CTIZAN AD

हत्या आरोपमा युवक पक्राउ

वि.सं.२०७८ पुस १३ मंगलवार

567 

shares

बैतडी । इलाका प्रहरी कार्यालय पाटनले हत्याका आरोपमा सिगास गाउँपालिका–७ का ३० वर्षीय रमेशसिंह ऐरलाई प्रक्राउ गरेको छ । सिगास–८ का ५५ वर्षीय कटक बोहराका हत्यामा संलग्न रहेको आरोपमा ऐरलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । ऐरलाई प्रहरीले घर नजिकैबाट सोमबार पक्राउ गरेको जनाएको छ ।

गत मङ्सिर १३ गते राति कालपोखरी मन्दिरको जात्रामा गएका कटक बोहरा मङ्सिर १६ मा मृतावस्थामा फेला परेका थिए । टाउको र शरीरमा घाउचोट देखिएकाले बोहराको हत्या गरिएको जनाउँदै आफन्तजनले निवेदन दिएपछि प्रहरीले अनुसन्धान गरेको थियो । पक्राउ परेका ऐर घटना भएको भोलिपल्टदेखि फरार रहेकोले उनीमाथि प्रहरीले निगरानी बढाएको जनाइएको छ ।

प्रहरी निरीक्षक शाहीले भने, “कालपोखरी मेलामा ऐर र बोहराको भेट भएको र भेट हुँदा बोहराले ऐरलाई दिएको ऋण माग्दा सोही विषयलाई लिएर रातिका समयमा उनीहरुबीच वादविवाद र झगडा भएको कुरा बुझिन आएको छ ।” प्रहरीले हिरासतमा रहेका ऐरमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।रासस

वि.सं.२०७८ पुस १३ मंगलवार ११:३१ मा प्रकाशित

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र...

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

दशरथचन्द(बैतडी) । महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका...

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

गोदावरी (कैलाली) । धनगढी उपमहानगरपालिका–११ सेहरी–जोकैया भएर बग्ने खोलामा मोटर...