back
CTIZAN AD

कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय बुटवलले माग्यो करारमा झण्डै ५०० कर्मचारी

वि.सं.२०७८ पुस १६ शुक्रवार

1.1K 

shares

बुटवल । कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले बुटवलले झण्डै ५०० को संख्यामा करारमा कर्मचारीको माग गरेको छ ।

मन्त्रालयले शुक्रवार एक सूचना जारी गर्दै विभिन्न जिल्लाका लागि ४५२ कर्मचारीको माग गरेको छ ।

मन्त्रालयले प्रदेशका अर्घाखाँची, कपिलवस्तु, गुल्मी, दाङ, नवलपरासी, प्युठान, पाल्पा, बर्दिया, बाँके, रुकुमपूर्व, रुपन्देही र रोल्पामा नायक प्राविधिक सहायक र नायक पशु सेवा प्राविधिक कर्मचारीको माग गरेको हो ।

मन्त्रालयका अनुसार लिखित तथा अन्तवार्ता दुवै प्रक्रियाबाट चयन गरिने कर्मचारीको छनौट जिल्लाको सदरमुकाममा परीक्षा केन्द्र तोकिएको छ ।

मन्त्रालयका अनुसार दरखास्त बुझाउनका लागि नववलपरासी .ब.सु.प, पाल्पा, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, रोल्पा, दाँ, बाँके जिल्लाको हकमा सम्बन्धीत जिल्लास्थित कृषि ज्ञान केन्द्र तथा प्युठान, बर्दिया र रुकुमपुर्व जिल्लाको हकमा सम्बन्धीत जिल्लाको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयमा र रुपन्देही जिल्ला तथा सम्बन्धीत ल्लिामा दरखास्त बुझाउन नसक्नेको हकमा कृषि विकास निर्देशनालय बुटवलमा बुझाउन सकिनेछ ।

No photo description available.

वि.सं.२०७८ पुस १६ शुक्रवार ०९:४५ मा प्रकाशित

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...