back
CTIZAN AD

लघुकथा: खैर

वि.सं.२०७८ पुस १७ शनिवार

774 

shares

आतस उतस भयो । धमाका चल्यो । खैलाबैला उठ्यो । एकजना सक्कली भिखारी दौडिरहेको थियो । उसले भिक्षा पात्र फैलाएर भनिरहेको थियो ।

‘घेराबन्दी भयो, मुक्ति पाउँ !’

‘नेतृत्वको प्रहार या प्रतिरक्षा ?’

‘अदूरदर्शी काइते कर्म !’

भिखारीले बोल्न सकेन । उसको काँधमा मैलो न मैलो गम्छा थियो । हातमा केही वालाहरू थिए । केही मुण्डमालाहरू घाँटीमा झुण्डिएको थियो । शिरमा फेटा गुथेको थियो । उसले अनायास एक शब्द निकाल्यो ।

‘सक्कली परीक्षाको पन्तुरो ।’

भिखारीले भिक्षा पात्रमा खरानी घस्यो । भुत्भुते आगोमा लगेर पात्रलाई राख्यो । भन्न थाल्यो ।
‘खीर देऊ, भगवान !’

आगोमा खीरको सट्टामा हाडखोड, हड्डी र कुहेका मासुहरू पाकेका थिए । आगोमा उसको रापिलो संताप समेत निकै भर्भराउँदो भएर बलेको थियो । आगो सल्काउने धूर्त नजिकै थियो । भिखारीले सोध्यो ।

‘तिम्रो जमान ?’

बोलेन । आँखा घुमाइरह्यो । यताउता हेरिरहँदा लाग्दथ्यो । उसको जमात मात्रै छ ! धूर्तले हुँडार झैं नाकको फोहोरा उठाएर पुनः भिखारीतिर हेर्याे । नाकको प्वाल टाउकोतिर उठाएर यसै हाँस्यो । हाँस्दाहाँस्दै उसले भन्यो ।

‘खीर त बेचिसकेँ तर खरानी मात्रै छ !’

भिखारीले हेर्दाहेर्दै आगोले भस्मिभूत बनाएको लप्लपाउँदो लाल खरानी भिक्षा पात्रमा उठाएर धूर्तको टाउकोमा खन्याउँदै भन्यो ।
‘बाँकी खीरलाई पोलेर कालो तिलक लगाऊ !’

धूर्तको साथमा लोखर्के थियो । कानमा खुसुक्क भन्यो ।

‘यो वर्ग शत्रु हो हजुर, हामीलाई घुस नदिने !’

जीवनमा झरेका हर बूँदका प्रकाशमा अन्तर्द्राव भएका भिखारीका पसिनाहरू छताछुल्ल बगेका थिए । प्रकृति शान्त थियो । निषाचरहरू दिउँसै सडकमा रोइरहेका थिए । धूर्त छेउ छाउ लागेर टाढिएको थियो । बलेको आगो चिसिएको थियो । चिसिएको ठाउँमा कसैले विहानै एक बिरुवा रोपि दिएर भिखारीलाई भन्यो ।

‘खैर ! यसले तँलाई फल देला!’

भिखारी यसपछि भिक्षापात्र फाल्दै बन्दुक बोकेर जीवन भरि हिंडिरह्यो । एकदिन उसले युध्दको क्रममा सोही आगो सेकाउँदै भन्यो ।
‘फलको रस !’

डा. विदुर चालिसे, आरुबारी, काठमाडौं

वि.सं.२०७८ पुस १७ शनिवार ०९:०९ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...