Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

प्रचण्डलाई प्रश्न : खाडीका लाखाैँ युवा कहिले फर्कन्छन् ?



नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन चलिरहेको छ । सम्भवतः सोमबारसम्ममा आगामी माओवादी केन्द्र हाँक्ने नयाँ नेतृत्व पनि चयन भइसक्नेछन् । तर, माओवादीको महाधिवेशन उद्घाटनमा विभिन्न दलका नेताहरुको शुभकामना, माओवादी पार्टी र त्यसका नेताहरुको रुपान्तरणका लागि दिइएको सुझाव महाधिवेशन सम्पन्न भएसँगै विस्तारै हराउँदै जालान् अनि मुख्यतः बन्सत्रमा नेपाली जनताको जनजीविकासँग जोडिएका कुरा र नेताहरुभित्र हुनुपर्ने रुपान्तरणका विषयमा उठेका ठूला–ठूला आवाजहरु र नेतृत्वले आवाज थमाउन गरेको प्रतिबद्धताहरु हेटौँडा महाधिवेशनमा गरिएका प्रतिबद्धताहरु जस्तै विस्तारै छुट्दै जालान् भुलिदै जालान् अनि बिर्सदै जालान् । अनि त माओवादीको नवौँ महाधिवेशनमा नेपाली जनता अनि पार्टी कार्यकर्ताको जनजीवीका सम्बन्धीका समस्याहरु जस्ताको तस्तै आवाजमा पुनः घन्किनेछन् ।

विश्व कम्युनिष्ट आन्दोलनका नेता माओले भनेजस्तै ‘जीवनमा एकपटक पनि गल्ती नगर्ने कम्युनिष्ट जनावर हुने र पटक–पटक गल्ति गर्नेहरु पनि जनावर हुने’ भनेजस्तै नेपाली कम्युनिष्ट आन्दोलनमा पनि नेतृत्वले पटक–पटक सच्चिने, सच्याउने वाचा गर्दै पुनः त्यहि गल्ति दोहोर्यारहने भइरहेको छ र आगामी दिनमा पनि त्यस्तै नहोला भन्न सकिन्न ।

यहाँ कुरा गर्न खोजिएको माओवादी केन्द्रको महाधिवेशनको सेरोफेरोभित्रै रहेर हो । प्रसंग होे देशका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को । हुन त नेपाली राजनीतिमा चाहेर पनि अनि नचाहेर पनि यो देश प्रचण्डकै विचारमा वरिपरी घुमिरहेको छ । यतिबेला महाधिवेशनको सेरोफेरोलाई लिएर पार्टीको आगामी कार्यदिशा कस्तो हुने भन्नेमा अध्यक्ष प्रचण्डलगायतका धेरै नेताहरुको विचार सार्वजनिक रुपमा बाहिर आइरहेको छ । पार्टीका कार्यकर्तामात्र नभएर सिंगो देश र जनताले के माओवादीले विगतमा देश र जनताका लागि बोलेका कुराहरुको समिक्षा गर्ला ? जनताको तमाम समस्याहरुका विषयमा माओवादीले कस्तो कार्यनीति ल्याउला ? के माओवादी साँच्चै रुपान्तरण भएर बाँकी रहेका आफ्ना एजेण्डाहरुलाई स्थापित गराउँलान् त भन्नेमा पर्ख र हेरमै रहेका छन् ।

महाधिवेशनकै सेरोफेरोलाई लिएर अध्यक्ष प्रचण्डले दिएको एक अन्तरवार्तामा उहाँले बोलेका कुराले चसक्क मन खायो । हुन त अध्यक्ष प्रचण्डले चितवनमा गएर नयाँ घर बनाएर बस्छु, अब यो छोड्छु, जनताको घरमा गएर उत्पादनमा जोडिन्छु, त्यो मैले पनि गर्छु अनि केन्द्रीय सदस्य तथा केन्द्रमा रहेका नेताहरु पनि गर्नेछन् उत्पादनमा जोडिनेछन् तथा श्रम गर्नेछन् । अध्यक्ष प्रचण्डले व्यक्त गरेको विचारमा प्रश्नकर्ताले सोधेका थिए–दरबार हत्याकाण्डमा राजारानी मारिएपछि मलाई लाग्थ्यो अब यो देश कसरी चल्ला ? तर यो देश त चल्यो नि ! सोही प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले भनेका थिए– मलाई अझै पनि जनताले यो देशको नेतृत्व प्रचण्डले गरिदियोस् भनेका छन् । अनि विदेशमा जाँदा जनयुद्धपछि रोजगारीका लागि विदेश पुगेका युवाहरुले ‘तपाईँ क्रान्ति गर्नुस् हामी मारिन र मर्न तयार छाैं’ भनेर भन्दा मलाई साँच्चै साथ दिने धेरैछन् भन्ने लाग्यो भन्नु भएको थियो ।

अध्यक्ष प्रचण्डको यो अभिव्यक्ति सुन्दा यो पंक्तिकारको आँखा रसायो ! कमरेड, तपाईँ त्यहाँ पुग्दा यहाँले टेकेका चिल्ला सडक, यहाँले देखेका अरबी महलहरु तिनै नेपाली पसिना र रगतले सिंचिएर बनेका हुन् । तिनै रगत र पसिना बगाउनेहरु यो धर्तिमा कति छन्, छैनन् त्यसको अभिलेख नत तपाईँको पार्टीले नत नेपाल सरकारले नै राख्न सकेको छ । अभिलेख राखेपनि उनीहरुले पठाएको रेमिट्यान्स कहाँ सदुपयोग भन्ने खोजी भएको छैन । उनीहरुको रेमिटेन्स राज्यले उनीहरुका भावि सन्ततीको सुखद भविष्यका लागि के–के ठोस योजना बनायो भन्ने पनि छैन ।

हो त्यहि हालत छ, खाडीका देशमा तपाईँले यो देशका लागि मर्न र मार्न तयार बनाएका युवाहरुको हालत । कमरेड प्रचण्ड, तपाईँले भनेजस्तो ती युवाहरुमा भएको उर्जा र साहस अब देशका लागि नभएर परिवारको खर्च जोहो गर्नका लागि खर्च भइरहेका छन् । विस्तारै त्यस्ता उर्जा र शक्ति मन मष्तिस्कबाट हराउँदै ती उर्जा प्रवाह हुने नशा नशा सुक्न लागिरहेका छन् । जसले यो देशको परिवर्तनका लागि बन्दुक बोक्यो उनीहरु अहिले खाँडीमा बेल्चा बोकिरहेका छन्, सडकमा गाडी कुदाइ रहेका छन् कतिपय छापामार युवतीहरु अरबी मालिकको घरमा भाडा धुने र भूँइ पुछ्ने काम गरेर छोराछोरी पढाउनका लागि खर्चको जोहो समेत गरिहेका छन् ।

खाडी मुलुकमा पसिना र रगत बगाएर जोहो गरेर पठाएको रेमिट्यान्सले गोरखपुरको प्याज र चीनको स्याउ अनि अमेरिकाबाट चामल कति आयो भनेर भन्सार विभागले हरेक महिना सार्वजनिक गर्ने रेर्कडले बताइरहेको हुन्छ । अनि श्रीमतीको पेटमा सानो भ्रुण छोडेर गएको एउटा युवा आफ्नो छोराको जन्म, उसको तोतेबोली, स्कुलमा पहिलो पाइला, स्कुल सकेपछि कलेजलगायतका यी सबै सुखभोगबाट उ बन्चित रहन्छ । अनि छोरा १८ वर्ष पुगेपछि बाबुले छोरालाई विदेश पठाउने सोच्दै आफ्नो बुढो शरीर देशमा बिसाउन र देशको माटोमै आफ्नो सास जाओस् भन्ने अन्तिम इच्छा राखेको हुन्छ भने छोराले बाबुलाई पालो दिनुपर्छ भनेर विदेशको सपना बोकेर बसेको हुन्छ । त्यो बीचमा उसले पठाएको रेमिट्यान्स केवल गोरखपुरको प्याज र चीनको स्याउ अनि अमेरिकाको चामल किन्नका लागि मात्र खर्च भइरहेको हुन्छ । यो राज्यले निःशुल्क शिक्षाको व्यवस्था गर्न नसक्दा अनि राज्य नियन्त्रणमा रहेको सरकारी स्कुलहरुमा आशा लाग्दो र भरपर्दो शिक्षा नहुँदा त्यो रेमिट्यान्स झण्डै आधाउधी उसको पढाई र श्रीमतीको औषधिकै लागि खर्च हुने हुँदा रेमिट्यान्स केवल जीवन निर्वाहमै सकिएको छभन्दा फरक नपर्ला । हो अपवादका रुपमा केहीले बस्नका लागि क्रंकिटको घर ठड्याए होलान् तर उक्त घरले उसले खोजेको सुख दिएको छैन ।

हो त्यहि हालत छ, खाडीका देशमा तपाईँले यो देशका लागि मर्न र मार्न तयार बनाएका युवाहरुको  । कमरेड प्रचण्ड, तपाईँले भनेजस्तो ती युवाहरुमा भएको जोश, उर्जा र साहस अब देशका लागि नभएर परिवारको खर्च जोहो गर्नका लागि खर्च भइरहेका छन् । विस्तारै त्यस्ता जोश, उर्जा र शक्ति मन मष्तिस्कबाट हराउँदै ती उर्जा प्रवाह हुने नशा नशा सुक्न लागिरहेका छन् । जसले यो देशको परिवर्तनका लागि बन्दुक बोक्यो उनीहरु अहिले खाँडीमा बेल्चा बोकिरहेका छन्, सडकमा गाडी कुदाइ रहेका छन् कतिपय छापामार युवतीहरु अरबी मालिकको घरमा भाडा धुने र भूँइ पुछ्ने काम गरेर छोराछोरी पढाउनका लागि खर्चको जोहो गरिहेका छन् । यता देशको अस्थिर राजनीतिक अवस्था, अझै पनि यहि रोजगारी गरेर छोराछोरी पाल्न सकिन्छ भन्ने वातावरण तयार नभइसकेको अवस्थामा बरु खाडीमै रहेर पनि जीवन निर्वाह गर्ने योजनामा रहेका उनीहरु कसरी नेपाली समाज रुपान्तरणको क्रान्तिमा सहभागी हुन सक्लान एकपटक सोच्नुहोस् त ?

महाधिवेशनमै प्रवासबाट उपस्थिति प्रतिनिधिले प्रवासमा रहेका कार्यकर्ता तथा नेपालीका बारेमा धेरै कुरामा दस्तावेज मौन रहेको र भारतका नेपालीका विषयमा झन केही नबोलेको भन्ने आवाज उठिरहेका पनि छन् । साथै देशमै केही गर्छु भनेर फर्किएका मजदुर तथा सीप सिकेर, उच्च शिक्षा हासिल गरेर फर्किएकाहरुलाई यो देशका लागि कसरी प्रयोग गर्ने भनेर स्पष्ट खाका आएको देखिँदैन । पार्टीका नेता र कार्यकर्तालाई उत्पादनमा जोड्ने भनिए पनि विदेशमा श्रम गरेर फर्किएकाहरुलाई त्यसले सम्बोधन गरेको देखिँदैन । कोरोना महामारीलगायत विविध कारणले विदेश छोडेर स्वदेश फर्किएका नेपाली युवाहरुलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा अध्यक्ष प्रचण्डको दस्तावेजले बोलेको पाइदैन । यतिबेला उनीहरु राज्यको कुनै सहुलियत नलिएर पनि आफ्नो माटोमा पसिना बगाउँदा खुसी छन् । तर, त्यो खुसी राज्यको सहयोग बिना दिगो रहन सक्दैन । त्यसका लागि माओवादी पार्टी मात्रै नभएर राज्य तथा अन्य दलहरु पनि चिन्तित रहन जरुरी छ र यसबारे स्पष्ट खाका बनाउन जरुरी छ ।

देशमै ५० हजार मात्र कमाउन सकिने रोजगारीको ग्यारेन्टी भएमा र आफुले सिकेको सीप प्रयोग गर्ने ठाउँको ग्यारेन्टी भएमा युवाहरु आफ्नो देश बनाउन अवश्य फर्किनेछन् र अध्यक्ष प्रचण्डले भनेजस्तै देशको परिवर्तनका लागि अनि भावि पुस्ताको उज्जल भविष्यका लागि मार्न र मर्न तयार हुनेछन् । तर, त्यसको लागि अध्यक्ष प्रचण्डकै पार्टीले उनीहरुको जीवनस्तर माथि उकास्ने र परिवारसँग बस्न पाउने वातावरण बनाउने जिम्मा लिन जरुरी हुन्छ ।

देशमै ५० हजार मात्र कमाउन सकिने रोजगारी आफुले सिकेको सीप प्रयोग गर्ने ठाउँको ग्यारेन्टी भएमा युवाहरु आफ्नो देश बनाउन अवश्य फर्किनेछन् र अध्यक्ष प्रचण्डले भनेजस्तै देशको परिवर्तनका लागि अनि भावि पुस्ताको उज्जल भविष्यका लागि मार्न र मर्न तयार हुनेछन् । तर, त्यसको लागि अध्यक्ष प्रचण्डकै पार्टीले उनीहरुको जीवनस्तर माथि उकास्ने र परिवारसँग बस्न पाउने वातावरण बनाउने जिम्मा लिन जरुरी हुन्छ । जसले १० वर्षे जनयुद्ध समग्र नेपाली जनताको शिक्षा, स्वास्थ्य, गाँस, बास र कपासको जोहोका लागि लडेको थियो । ती मुद्दाहरु अझै पनि थाँती रहेकाले अब त्यसलाई गम्भीर भएर सोच्न आवश्यक रहेको छ । अन्यथा बाबुपछि, छोरा र छोरापछि नाति पुस्ता अरबको तातो मरभूमिमा पुगेर पसिना बगाउने प्रथाको अन्त्य हुने छैन । र, त्यो अन्त्य नभएसम्म अध्यक्ष प्रचण्डले सोचेजस्तो लाखौ युवाले यो देशको परिवर्तनमा सहभागी हुनका लागि तयार हुने सौभाग्य पाउने छैनन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके