१
दिन भन्दा त किन होला रात खास देख्छु
मिठा मिठा ति सपनाहरु एकनास देख्छु
तिमी लाई भेटे देखि साँच्चै के भयो कुन्नि
आफ्नै मुटु नियाली हेर्दा तिम्रै पास देख्छु ।
२
सँधै गरिरहन्छन् टक्कर के को पिर मान्नु
लाग्छ सानातिना ठक्कर के को पिर मान्नु
हाँस्दा सबै सँगै हाँस्छन् दुःखी हुँदा एक्लो
सन्सार रैछ यस्तै चक्कर के को पिर मान्नु ?
३
छैनौ तिमी कम भन्दा के जान्छ र
वाह क्या हेनसम भन्दा के जान्छ र
लुकिछिपी नजर जुधाउनु भन्दा त
आऊ प्रियतम भन्दा के जान्छ र !
४
प्रमाणपत्र थन्क्याई बिदेशी भूमी छुनुको पीडा कसले बुझे ऐलेसम्म
ति आफ्नै घर आँगन पनि बिरानो हुनुको पीडा कसले बुझे ऐलेसम्म
यसो गर्छौँ र उसो गर्छौँ भन्ने कति आए कति गए आँखै अगाडि
यता मातृभूमि सम्झिएर धुरुधुरु रुनुको पीडा कसले बुझे ऐलेसम्म ।
५
भित्र भित्रै गुम्सिएर नै रोला आवाज उठाउने कसले
कति बग्ला आँशुको खोला आवाज उठाउने कसले
यहाँ महिलाको थिचोमिचो हुँदा बोल्ने धेरैलाइ देख्छु
पुरुष पनि त उता पिडित होला आवाज उठाउने कसले ?
लक्ष्मी स्मृति,बिराटनगर-५ मोरङ
वि.सं.२०७८ पुस २४ शनिवार ०८:३५ मा प्रकाशित






























