back
CTIZAN AD

मिसेज ग्राण्ड इन्टरनेशनल नेपालको उपाधि चुम्न सफल भइन् भैरहवाकी उर्मिला

वि.सं.२०७८ पुस २५ आइतवार

882 

shares

काठमाडौं । बिवाहित महिलाहरुबीच हुने नेपालको सबैभन्दा ठूलो प्रतियोगिता ‘‘मिसेज ग्राण्ड इन्टरनेशनल नेपाल २०२१’को उपाधि सिद्धार्थनगर भैरहवाकी ३६ वर्षीया उर्मीला उप्रेती सिलवालले हात पार्न सफल भएकी छन् ।

रिबेन इन्टरनेन्टमेन्ट प्रा.लिको आयोजनामा भएको उक्त‘‘मिसेज ग्राण्ड इन्टरनेशनल नेपाल २०२१’’को प्रतियोगितामा २३ प्रतियोगिलाई पछि पार्दै सिलवालले शनिवार ‘मिसेज ग्राण्ड इन्टरनेशनलको ताज पहिरीएकी हुन् ।

No description available.

विगत १० वर्षदेखि शिक्षा क्षेत्रमा महत्पूर्ण योगदान दिँदै आएकी सिलवालले हजारौं विद्यार्थीहरुसँग काम गरिसकेकी छन् । लिटिल बुद्ध इन्टरनेशनल मन्टेश्वरी स्कुल एण्ड ट्रेनिङ सेन्टरकी संस्थापक प्रिन्सीपल रहेकी सिलवालले विगतमा ३०० भन्दा बढी शिक्षकहरुलाई मन्टेश्वरी तालिम दिएकी उनी टप ट्रेनर समेत हुन् । सिलवालले भविष्यमा अन्तराष्ट्रियरुपमै यस्ता लाखौं शिक्षक उत्पादन गर्ने आफ्नो लक्ष्य रहेको समेत बताएकी छन् । उनले पाँचजना बालबालिकाबाट निःशुल्क शिक्षा अभियान समेत सुरु गरिसकेकी छन् । यसलाई लाखौंको संख्या पुर्याएर शिक्षा क्षेत्रमा ठूलो परिवर्तन ल्याउने आफ्नो लक्ष्य रहेको समेत बताएकी छन् ।

No description available.

सिलवाल क्यानडामा रहेको डोमेष्टिक वर्कर युनाइट नामक संस्थाको २०१७ देखि नेपाल संयोजक रहेर काम गरेकी छन् । सिलवालले जीवनमा सिक्ने सिकाउने काम निरन्तर रहने हुनाले आफु यस्ता नयाँ काममा भाग लिनका लागि सधै उत्साहित रहेको बताउँदै उक्त प्रतियोगितामा भाग लिएको र उपाधि जित्न समेत सफल भएको बताएकी छन् ।

‘मिसेज ग्राण्ड इन्टरनेशनल नेपाल २०२१’को उपाधि हात पार्न सफल भएकी उर्मीला आउँदो अप्रिल २०२२ मा म्यानमारमा हुने मिसेस इन्टरनेशनलमा नेपालका तर्फबाट भाग लिनेछन् । त्यहाँ विश्वभरीका मिसेज ग्राण्ड इन्टरनेशनलको उपाधि हात पार्न सफल भएका महिलाहरुको सहभागीता हुनेछ ।

No description available.

रिबन इन्टरनेशनलका अनुसार शनिवार सम्पन्न उक्त प्रतियोगितामा लक्ष्मी जोशी, रेइबी बज्राचार्य, सुमित्रा पौडेल उप्रेती, मनिता प्याकुरेल, सुजाता अर्याल, सुष्मिता खड्का, माधुरी कर्ण, पवित्रा बानिया, जयन्ती राई, बिनिता कूइँकेल, सुमिता लामा, राजश्री थापा, मनिका न्यौपाने, सृष्टिका दोङ्ग तामाङ्ग, सोनु मगर ढुंगेल, उर्मिला उप्रेती सिलवाल, संगीना अर्याल, दिक्षा केसी, पार्वती गिरी, सृजना सुबेदी, निरन्जना भेटवाल, समिक्षा कार्की, माला सुनार र उषा रजकले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।

No description available.

 

 

वि.सं.२०७८ पुस २५ आइतवार १६:४५ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...