बेल्जियम । बेल्जियममा एक नेपालीको मृत्यु भएको छ । बागलुङ घर भई बेलिजयमको ब्बचकअजयत मा बस्दै आएका प्रेम प्रसाद उपाध्याय (राजु) को मृत्यु भएको हो ।
बागलुङको गलकोट नगरपालिका घर भएका ४६ वर्षीय उपाध्यायको जनवरी ३ का दिन मृत्यु भएको हो ।
उपाध्यायको निधनले बेल्जियमका नेपाली मर्माहत भएको भन्दै एनआरएनए बेल्जियमले दुःख वयक्त गरेको छ ।
उपाध्यायको मृत्युको कारण भने खुलाइएको छैन ।
बुधवार (जनवरी १२) का दिन उपाध्यायको निम्न स्थानमा अन्तिम विदाइ तथा श्रद्धान्जलि कार्यक्रम राखिएको छ ।
Greeting and farewell funeral
अन्तिम बिदाइ तथा श्रदांजलि कार्यक्रम
Date:12/01/2022
समय:13:30बजे
Venue: Elisabethlaan 15,
3200 Aarschot
दाहसंस्कार:
Date:14/01/2022
समय:9:30
Venue ठेगाना: Jennekensstraat 5
3221 Nieuwrode (Holsbeek)

वि.सं.२०७८ पुस २७ मंगलवार १५:५१ मा प्रकाशित




























