२७ पुष, काठमाडौँ । सिटिजन्स बैंकले आफ्ना ग्राहकहरूलाई छिटो छरितो , झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले थप गण्डकी प्रदेशको सिमलचौर (पोखरा) शाखामा प्रिभिलेज काउन्टर विस्तार गरेको छ ।
यस अघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ,काठमाण्डौं तथा कमलादी काठमाण्डौं, लुम्बिनी प्रदेशको कालिकानगर शाखामा, प्रदेश नंं .१ को विराटनगर र बिर्तामोड शाखामा र प्रदेश नंं.२ को राजविराज शाखामामा रहेको प्रिभिलेज काउन्टरबाट आफ्न ाग्राहकहरूलाई विशेष बैंकिङ्गसेवा प्रदान गर्दे आईरहेको थियो । साथै आगामी दिनमा अन्य प्रदेशहरुमा समेत यस्ता थप विशेष बैंकिङ्ग सेवाहरु प्रदान गर्ने योजना रहेको बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९०वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १३ ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
वि.सं.२०७८ पुस २७ मंगलवार १५:४७ मा प्रकाशित



























