Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



२७ फागुन, रत्ननगर (चितवन)  । चितवनको भरतपुरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

भरतपुर उपमहानगरपालिका–१२ स्थित आस्थाचोकमा ग ९ प ५६८२ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्रीको उपचारका क्रममा आज बिहान चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यसरी मृत्यु हुनेमा भरतपुर उपमहानगरपालिका–९ बस्ने ८८ वर्षीय ठाकुरप्रसाद कोइराला रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बिहीबार अपराह्न भरतपुरको बसपार्कबाट गोन्द्राङतर्फ जाँदै गरेका बेला मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेका उनी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा राति १२ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको

काठमाडौं । बझाङको बुङगल नगरपालिका ९ रारुमा एकै परिवारका तीन आमाछोरा र छोरी झुण्डिएको

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १