back
CTIZAN AD

छन्द कविता: जब देश दुख्छ

वि.सं.२०७८ माघ ८ शनिवार

1.1K 

shares

म मात्र सद्दे कसरी रहन्छु
दुख्दैन छाती छलले कहन्छु ।
दुखेर घाँटी थुक र्‍याल सुक्छ
हुँदैन सन्चो जब देश दुख्छ ।।१।

सबै बिरामी घरमा भएका
हुन् भित्र वा बाहिर नै गएका ।
रुघा र खोकीसँग केश दुख्छ
उही बिसन्चो जब देश दुख्छ ।।२।

होला भनी कोभिड हुन्न डर्न
पुगेँ चिकित्सालय जाँच गर्न ।
खुम्चिन्छ छाती र डरेर फुक्छ
बढ्नेछ पीडा जब देश दुख्छ ।।३।

लिएँ सिटामोल जरो हटेन
लाएर पट्टी पनि यो घटेन ।
यो भ्रष्ट पापी चुपचाप ढुक्छ
तङ्ग्रिन्न लाग्यो जब देश दुख्छ ।।४।

आमा मलाई गर माफ माग्छु
तिम्रो भलो होस् दिनरात भाक्छु ।
तिमीविनाको पहिचान लुक्छ
सन्चो कहाँ होस् जब देश दुख्छ ।।५।

कथा यिनै हुन् र व्यथा अनेकौँ
घट्नेछ पोख्दा तर खै सहन्छौँ ।
अड्किन्छ यो धड्कन सास रुक्छ
ऐया र आत्था जब देश दुख्छ ।।६।

छन्द: उपजाति छन्द

उत्तम विचार काठमाडौं

वि.सं.२०७८ माघ ८ शनिवार ०७:५८ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...