back
CTIZAN AD

गद्य कविता: गोठालो

वि.सं.२०७८ माघ ८ शनिवार

2.7K 

shares

एकातिर गाई
अर्कोतिर भैंसी
कतै साँढे
यत्र–तत्र
मौका छोपेर
बसिरहेछन्
पर गैरी खेतको
लहलहाउँदो
बाली
सिनित्तै
सिध्याउन
उता गोठालो
हातमा
लठ्ठी लिएर
चौतारीमा
उँघिरहेछ
नाकमा झिँगाको
साम्राज्य
भइसक्दा पनि
अझ
घुरिरहेको छ
कस्तो जुम्सो !
कस्तो लोसे !
सयौँ हिउँदसँगै
कयौँ गोठाला
फेरिए
तर फूर्तिवाल
एउटै परेन
वस्तुभाउले
चोर्न
कहिल्यै छाडेनन्
झन् झन्
अटेर गर्नथाले
हुँदा हुँदा
उल्टै झम्टिन
पो थाले
परैदेखि
फाँ फुँ गर्न थाले
गोठालो
निरीह बन्यो
किनकि
बाली पल्काउने
त्यही
गोठालो थियो
अटेरी बनाउने
त्यही
गोठालो थियो !!

निरू गौतम, मोरङ

वि.सं.२०७८ माघ ८ शनिवार ०७:५९ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...