
११ माघ, काठमाडौँ । आज माघ ११ गते (मंगलबार) एशियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले १२ गतेदेखि माघ २१ गतेसम्म बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
एशियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।