back
CTIZAN AD

भारतमा निरन्तर घट्दै कोरोना संक्रमित हुनेको संख्या, तर घटेन मृत्यु दर

वि.सं.२०७८ माघ २१ शुक्रवार

753 

shares

काठमाडौं । भारतमा कोरोना संक्रमित हुनेको संख्या निरन्तर घटिरहेको छ ।

भारतमा बिहीवार १ लाख ४९ हजार कोरोनाका नयाँ संक्रमित थपिएका हुन् । विगत केहीदिनकामे तुलनामा यो संख्या झण्डै आधाले कम हो । बुधवारको तुलनामा संक्रमितको संख्या २३ हजारले घटेको हो ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीवार संक्रमित हुनेको यो संख्या कोरोना महामारीको तेस्रो लहर सुरु भएयताकै सबै भन्दा कम हो ।

त्यसैगरी सोहि अवधिमा २ लाख ४६ हजार जना कोरोना संक्रमण मुक्त भएका छन् भने बिहीवार १ हजार ७२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । भारतमा कोरोना संक्रमित हुनेको संख्यामा निरन्तर कमी आएपनि मृत्यु दर भने घट्न सकेको छैन ।

भातरमा हाल १४ लाख ३५ हजार सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

भारतमा हालसम्म ४ करोड १९ लाख कोरोना संक्रमित भइसकेका छन् भने ती मध्ये ४ करोड निको भएका छन् । साथै कूल संक्रमित मध्ये हालसम्म मृत्यु हुनेको संख्या ५ लाख पुगेको छ ।

वि.सं.२०७८ माघ २१ शुक्रवार ११:५४ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...