back
CTIZAN AD

कविता: अनमोल उपहार

वि.सं.२०७८ माघ २२ शनिवार

1.1K 

shares

कुनै दिन तिमी अपाङ्ग थियौ
र मैले मेरा
आधा आधा हात खुट्टा गिडेर दिएको थिए

कुनै दिन तिमी अन्धो थियौ
र मैले मेरा
आधा आधा आँखाका नानीहरु च्यातेर दिएको थिए

मुटुको धड्कन घटेर गयो भन्यौ
र मैले मेरो
हत्केलाले मुटु निचोरेर भर्दिएको थिए मुटुका धड्कनहरु

साँस एकोहोरो बढिरह्यो भन्यौ
र मैले मेरै साँस भर्दिएपछि मात्र
तिमीले दोहोरो साँस फेर्न थालेकी थियौ

मुस्कानले त पहिल्यै आत्महत्या गरिसकेको भनेउ
र मैले मेरो
आधा आधा ओठ लुछेर दिए
अनि त मलाई कहिले काँही बाँच्न सिकाउथ्यौ

मैले तिमीलाई निश्वार्थ जे जे दिए
ऋण लगाएको होईन
कसम सापटी दिएको थिएन

सट्टामा किन यति अनमोल उपहार दियौ
अहिले तिमीले दिएको आँसु नपिईकन
मेरो घाँटीले एक सितो अन्न निल्न पनि सक्दैन ।।

प्रज्वल पुकार,पाख्रीबास नपा–४, धनकुटा

वि.सं.२०७८ माघ २२ शनिवार ०४:५० मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...