अन्तिम उन्माद थियो, न स्वाद थियो । वेस्वाद हुँदै गयो । आज भोजको अन्तिम दिन थियो । एक साइन्टिष्टले गालाभरि मासु, रक्सी र स्याभुजा निल्दै फुँकार छोडेर भन्यो ।
“क्या अमिलो डकार !“
“पृथ्वी ध्वस्त हुने भो र ?“
“हैन, ग्राण्ड डिजाइनको नक्सा च्यातियो !“
“लौ, त्यसो भए उत्सब मनाओ !“
यसै उत्सबमा उनीहरूमध्ये कसैले हातमा डढेको छोयला लिए । कसैले हातमा कचिला लिए । कसैले तोङ्वा थपे, कसैले त भटमास एवं चिउरा दाँतबाट रड्काउँदै लसुन टोकेर मुखद्वारा गन्हाउने राग फाले । भोजमा सबैलाई सेवा गरिरहेको सुखीम हेरेको हेर्यै भयो। भोको पेट, अजीर्ण मन, बैराग बेथिति, शान्त सेवा र मनका आशाको कठघराबाट उसले लसुनको रागसँगै आफ्नो पेटको अपच वायु ठुस्स छोडिदियो । बुज्रुकहरू एक धुनको उन्मादमा थिए । सुँङ्ग्दै कराउन लागे ।
“गुड पर्फिम उड्यो । गज्जबको पेटेण्ट राइट !“
साइन्टिष्टहरूलाई अरू कुनै प्रवाह थिएन । उनीहरूको एउटै चासो थियो । भुकिरहे ।
“जसरी हुन्छ भोज खुवाइरहनु, खाइरहनु ! गोरिल्लाहरूलाई मात चढाएर युध्दमा होमिदिनु !“
भोजले अटेस मटेस भएर ठस ठस गरिरहेको एउटा बुज्रुकले सेवक सुखीमलाई फेरि हौस्याएर भन्यो ।
“लौ, आ, जति खान्छस् खा, अब तेरो पनि विजय उन्मादको बेला हो, यो ।“
सुखीम अलमल्ल पर्याे । साहुको व्यापार र आफ्नो रोजिरोटी सम्झ्यो । महान साइन्टिष्टहरूदेखि लजाएर भन्यो ।
“गुरु ! त्यसो नभन्नु न के, यो अन्तिम युध्द हैन के मेरो, बस जितियो मात्रै भन्नुस न, सकियो कसरी ?“
अर्काे साइन्टिष्टले एउटा चम्चामा मटनको चोक्टा उचाल्यो । झन् अर्काे साइन्टिष्टले फ्राइ चिकेनको खुट्टा समात्यो । त्यस्तै अर्काे साइन्टिष्टले फिसको पखेंटा उचालेर सुखीमतर्फ सबैले देखाएर भने ।
“यिनीहरूको अन्तिम जीवन, हाम्रो अन्तिम भोज !“
सबै मूर्छा परेर हाँस्न, उफ्रन, चिच्याउन, बर्बराउन र कराउन थाले । सुखीम सेवा गर्दागर्दा हैरान थियो । स्वाँ स्वाँ फ्याँ फ्याँ गर्दै उसको मुखबाट साइन्टिष्टहरूको अन्तिम भोजमा एउटा आवाज निस्क्यो ।
“उपबुज्रुकहरूको विपना !“
बत्ती झ्याप्प गयो । सबै साइन्टिष्टहरू जताततै घ्यारघ्यार गर्दै निद्राले घुर्न धाले । सुखीमलाई लाग्यो ।
“विरालोको स्वर !“
डा. विदुर चालिसे, काठमाडौं
वि.सं.२०७८ माघ २२ शनिवार ०४:५२ मा प्रकाशित






























