जति छन् तनका मनका दलनै,
नहटी नहुने असती चलनै ।
कति छन् छटनी नगरी नहुने,
जति छन् छिमली निखनौ रहने । १।
सबुतै जति छन् जनना तिरका,
बटुलौं कति छन् जनका पिरका ।
नहुने नछुने घरकै जगका,
नहटी नहुने उचनिच् भवका ।२।
विगतै जसको कुहिरो सित भो,
रविको किरणै उसको मित हो ।
जुटलौ उठलौ विगतै भुललौ,
मनका द्विविधा जति छन् सुललौ ।३।
नमिले जतिका अपुरा सकलै,
पहिले शुरुका नहुने अकलै ।
बुझलौ अबता सबले पहिले,
फरकै जति छन् बदलौं अहिले ।४।
सृजना कसरी फरकै छ र त्यो,
नियमै समहो अवला नरको ।
जननी सबकी अमृतै दुध हो,
समता जगमा धरती भर हो ।५।
छन्द :तोटक छन्द
ओम आचार्य, अर्घाखाँची
वि.सं.२०७८ माघ २२ शनिवार ०४:५४ मा प्रकाशित






























