१.
छेस्काले कवि
देखिन थाले
उज्यालो रवि ।
२.
भाग र बन्डा
गर्नमै व्यस्त
नेताको धन्दा
३.
चलेन रेल
चुनावी नारा
यो कस्तो खेल ।
४.
छाडेर गति
हिडेछन् नेता
बिग्रेर मती ।
५.
लिम्पियाधुरा
सपना उस्को
हुँदैछ पूरा ।
६.
मागौला मत ?
कसरी छोप्छौ
लागेको खत ।
७.
यो कस्तो चोला
बनायौं रित्तो
भाग्यको झोला ।
८.
हरायो धर्म
विकृति बढ्यो
भुलेर कर्म ।
९.
फोहोरी खेल
यो राजनीति
गरिने झेल ।
१०.
माना र पाथी
यिनैले ठगे
हुन् हाम्रा साथी ।
बुद्ध प्रकाश सिंह, दाङ्ग, तुलसीपुर
वि.सं.२०७८ माघ २२ शनिवार ०४:५५ मा प्रकाशित






























