back
CTIZAN AD

बन्दीपुरको रामकोटमा सामुदायिक घरबास

वि.सं.२०७८ माघ २३ आइतवार

1.2K 

shares

तनहुँ । पर्यटकीय सम्भावना बोकेको बन्दीपुर गाउँपालिका–३ मा रामकोट सामुदायिक घरबास सञ्चालनमा ल्याइएको छ । मगर समुदायको बाहुल्यता रहेको रामकोट क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्देश्यले घरबास सञ्चालनमा ल्याइएको हो ।

उक्त क्षेत्रमा रहेका करिब १०० घरधुरी मगर जातिको बसोबास रहेको छ । पहिलो चरणमा करिब ३० घरधुरीमा घरबासको व्यवस्था मिलाइएको घरबास सञ्चालक समिति अध्यक्ष बिहीसरा आले थापाले जानकारी दिइन् ।

घरबासमा अहिले कम्तीमा ४५ जनासम्म पाहुना राख्नसक्ने क्षमताको रहेको र बिस्तारै क्षमता वृद्धि गर्दै लैजाने योजना रहेको उनले बताए । घरबास प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारबाट प्राप्त रु २० लाखमध्ये अव्यवस्थित बाटोलाई व्यवस्थित गर्ने काम गरिएको छ । उनले भने, “सामुदायिक भवन नभएकाले अब भवन निर्माण गर्ने योजना बनाएका छौँ ।”

घरबासमा स्थानीयस्तरमा उत्पादित वस्तुलाई प्राथमिकता दिइने बताइएको छ । स्थानीयस्तरमा उत्पादित साग, गुन्दु्रक, मकै, बाराका साथै घरबासमा आउने पाहुनलाई मगर समुदायको कलासंस्कृति प्रदर्शन गरी भरपुर मनोरञ्जन प्रदान गर्ने लक्ष्य रहेको घरबास सञ्चालक बताउँछन् ।

स्थानीयवासीलाई आर्थिक क्षेत्रमा सबल बनाउने उद्देश्यले पशुपालन र तरकारीखेतीलाई बढावा दिने योजना बनाइएको छ । घरबासमा प्याकेजमा खाजा, खाना, बास बस्न र बिहानको खाजासहित रु एक हजार शुल्क तय गरिएको घरबास सञ्चालक समिति सचिव कृष्णमाया थापाले बताइन् ।

समूहमा आएका पाहुनाले मगर समुदायको कलासंस्कृति प्रस्तुति र प्रदर्शन गरेको हेर्न चाहेमा रु तीन हजार थप शुल्क कायम गरिएको छ । उक्त घरबासकोे शनिबार गण्डकी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले उद्घाटन गरेका हुन् ।

मुख्यमन्त्री जैविक नमूना गाउँका लागि रु ७० लाख र प्रदेश सरकारबाट घरबास प्रवद्र्धनका लागि रु १५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताए । स्थानीयवासीलाई स्वरोजगार बनाउन घरबासले थप सहयोग पुग्ने विश्वास गरिएको छ ।
रासस/ फाइल फोटो

वि.सं.२०७८ माघ २३ आइतवार १६:५७ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...