काठमाडौं । नेपालमा आज १,३८६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको ९ हजार २५१ नमुना परीक्षणमा १,३८६ जना नयाँ संक्रमित थपिएका हु्न् ।
आज थपिएका १३८६ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख ९९ हजार ४२५ पुगेको छ ।
आज काठमाडौंमा ४१०, ललितपुरमा १२४ र भक्तपुरमा ३२ जना गरी उपत्यकामा ५६६ जना संक्रमित थपिएका हुन् । शनिवारको तुलनामा संक्रमितको संख्या केही बढेको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ८ हजार ७०४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ८ हजार ७०४ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ४ हजार ५७२ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ११ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८१४ पुगेको छ ।
त्यसैगरी हाल देशैभरी ४५ हजार २४८ जना सक्रिय संक्रमित रहेका छन् ।
ती मध्ये होम आइसोलेशनमा ५१ हजार ४३४ जना र संस्थागत आइसोलेशनमा १३४६ रहेका छन् । ती मध्ये आइसीयुमा २५१ र भेन्टिलेटरमा ४९ जनाको उपचार भइरहेको छ । शुक्रवारको तुलनामा भेन्टिलेटर र आइसीयुमा उपचार गराउनेको संख्या पनि घटेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ७९ हजार ९५९ जनामा कोरोना भाइरसविरुद्धको खोप लगाइएका छन् । नेपालमा केल जनसंख्याको ९० प्रतिशतले कोरोनाविरुद्धको पहिलोमात्राको खोप लगाएका छन् ।
नेपालमा कोरोना बिरुद्धको खोप अभियान सुरु भएयता ३ करोड ३९ लाख ६ हजार २८९ मात्रा कोरोना भाइरसविद्धको खोप लगाइएको छ । ती मध्ये १ करोड ७७ लाख ७४ हजार ५९४ जनाले पहिलो मात्रा र दुवै मात्रा लगाउनेको संख्या १ करोड, ५५ लाख २४ हजार ७८४ पुगेको छ । साथै ६ लाख ६ हजार ९११ जनामा अतिरिक्त मात्राको खोप लगाइएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
घट्यो कोरोना संक्रमित हुनेको संख्या, आज १७१४ संक्रमित, ९ जनाको मृत्यु
वि.सं.२०७८ माघ २३ आइतवार १६:४९ मा प्रकाशित






























