back
CTIZAN AD

तीन हजार किलोग्राम सुन्तला भण्डारण

वि.सं.२०७३ फागुन २९ आइतवार

813 

shares

;'Gtnf ahf/ k7fpg] tof/Ldf  DofUbLsf] elsDnL–% /fv'df ;'Gtnf 9'jfgLsf] tof/L ub}{ Jofkf/L . ufpF;Dd ;8s lj:tf/ ePkl5 Jofkf/Ln] ufpFsf] af]6af6} ;'Gtnf vl/b u/]sf 5g . t:jL/ M w'|a;fu/ zdf{, a]gL-DofUbL_, /f;;

२९ फागुन, बाबियाचौर (म्याग्दी)  । म्याग्दीका कृषकले बेमौसममा बेच्नका लागि सुन्तला भण्डारण गर्न थालेका छन् । घार–७ बिरौटा र हिस्तान–९ दोसल्लेका कृषकले अनुकूलित तापक्रमयुक्त भवन ९सेलार स्टोर०मा सुन्तला भण्डारण गरेका हुन् । भण्डारण गरिएको सुन्तला बेमौसममा बढी मूल्यमा बिक्री गर्न सकिने बिरौटा बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष ठाकुरप्रसाद बरुवालले बताउनुभयो ।

बिरौटामा रहेको सेलार स्टोरमा यस वर्ष १५ कृषकले तीन हजार किलोग्राम सुन्तला भण्डारण गरेका छन् । पुसमा बोटबाट टिपेको सुन्तला चैत–वैशाखसम्म राख्न सकिने अध्यक्ष बरुवालले बताउनुभयो । बेमौसममा प्रतिकिलो रु दुई सयका दरले सुन्तला बिक्री गर्न सकिने उहाँको भनाइ छ ।

सुन्तलाको स्वाद र गुणस्तरमा ह्रास आउन नदिन चिस्यानयुक्त वातावरण र सुरक्षित रुपमा भण्डारण गर्ने व्यवस्था मिलाइएको छ । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने बिरौटाका कृषकले गत वर्ष गरेको परीक्षण सफल भएपछि यसपालि सुन्तला भण्डारणलाई निरन्तरण दिएका हुन् ।
दोसल्लेमा भने पहिलोपटक परीक्षणका लागि सोलार स्टोरमा सुन्तला राखिएको दोसल्ले व्यावसायिक सुन्तला कृषक समूहका अध्यक्ष मिलन गर्बुजाले बताउनुभयो । “मौसममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने भएकाले केही समय भण्डारण गरेपछि बेमौसममा बढी मूल्य पार्ने प्रयास गरेका हौँ”, गर्बुजाले भन्नुभयो ।

समूहका अनुसार ४५ घरधुरीको बसोबास रहेको दोसल्लेका कृषकले यस वर्ष रु २५ प्रतिकिलोका दरले करिब रु २० लाख बराबरको सुन्तला बिक्री गरेका थिए । जिल्ला कृषि विकास कार्यालयले बिरौटाको भवन बनाउन रु पाँच लाख र दोसल्लेमा रु चार लाख ४४ हजार अनुदान सहयोग उपलब्ध गराएको थियो । कृषकले बिरौटाको भवनमा रु एक लाख ७५ हजार र दोसल्लेमा रु एक लाख ४८ हजार बराबरको श्रमदान गरेका थिए । सुन्तला भण्डारणको सुविधा भएपछि बगैँचा व्यवस्थापन, रोगकिरा नियन्त्रण र उत्पादन वृद्धिमा सघाउ पुग्ने कृषि कार्यालयका प्राविधिक सहायक श्यामराज क्षेत्रीले बताउनुभयो ।

पुससम्म फल टिप्दा बोटलाई असर नपुग्ने र आगामी वर्षको उत्पादनमा पनि असर नहुने उहाँको भनाइ छ ।

वि.सं.२०७३ फागुन २९ आइतवार ०९:१६ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

काठमाडौं । प्रोग्रेसन होल्डिङ्स लिमिटेड (साबिक प्रोग्रेसन प्रोजेक्ट्स लिमिटेड) ले आफ्नो...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...

अटोमोवाइल क्षेत्रमा नयाँ नियम चुनौतीपूर्ण, नाडा र भन्सार विभागबीच छलफल

अटोमोवाइल क्षेत्रमा नयाँ नियम चुनौतीपूर्ण, नाडा र भन्सार विभागबीच छलफल

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल का प्रतिनिधिहरूले अटोमोवाइल...