back
CTIZAN AD

दश टुक्काहरु: स्वास्थ्य नै धन हो

वि.सं.२०७८ माघ २९ शनिवार

1.8K 

shares


बुझ्दैनन् मानवले अझै किन,
स्वास्थ्य बिनाको जीवन कठिन।

मानसिकता बन्दछ कमजोर,
अर्थतन्त्रमा हानी छ धेर थोर।

व्यक्ति जब अ‘ाफै अशक्त बन्छ,
केही काम गर्न सक्दिन भन्छ।

सोचाई पनि फरक पर्छ,
अगाडि सरेर हिड्न डर्छ।

थरि थरिका रोगहरु आए,
अर्थ र शिक्षा बिजोग बनाए।

समयले कति ल्याएछन् रोग,
अजैविकको गर्दा उपभोग।

घर परिवार र सिंगो समाज,
उपचार भन्दै लागेको छ आज।

सास रहेसम्म त बाककच्नेको आस,
पैसा र शरीर दुवैको बिनास।

योग र साधनामा लाग्नुपर्छ,
आखिरमा ठीक यसैले गर्छ।
१०
मानव शास्त्रले पनि यही भन्छ।
स्वस्थ भए जीवन सफल बन्छ।

घनश्याम पौडेल, सृजना चोक, पोखरा

वि.सं.२०७८ माघ २९ शनिवार ०८:२८ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...