back
CTIZAN AD

छन्द कविता: नेपाल प्रकृति

वि.सं.२०७८ माघ २९ शनिवार

5.8K 

shares

अग्ला शैल हिमाल सुन्दर छटा छोडेर मुस्काऊँछन्
लाली पोत्न भनेर भानु शशिले चाँढै गरी धाउँछन्
धर्ती वक्ष उठाउँदै गगनमा आनन्द देखाउँछिन्
लोभिन्छन् जब ती समीर उनले डाकेर भित्र्याउँछिन्।।१।।

हीरा छन सब वक्ष भित्र सजिने मोती बसे सागर
धर्तीको रमिता नियाल्न मनमा लाग्ने हुँदा जाँगर
गर्छन भानु लुकाउँदै शशिकला सौन्दर्य चुम्दै अति
गर्थे धेर बयान हेर कविले बन्दो भयो भाश्वती।।२।।

भन्छन् चाँप, सुनाखरी सगरको तारा खसाऊँ कित
डुल्दैछन् भमरा र फूल रसमा लट्केर आनन्दित
पानीका जति मूल छन् सलिल ती झर्ना बनी झर्दछन्
झर्दा हैम पहाडमा मनुज ती गल्दैन जो मर्दछन् ।।३।।

सेतो हैम पहाड दिन्छ जहिले पीयूष जस्तो जल
लाखौँ मूल नदी भएर बहने गर्छन् खुसीले तल
छन् पाखा हरिया वसन्त ऋतुमा बोलाउँछन् कोइली
गैँडा बाघ बनेल बस्छ मनुवा बस्छन् सबै ती मिली ।।४।।

फल्दैछन् ऋतुका मनोहर सुधा फुल्छन् कुनै हर्षले
वैसाखे महिना वसन्त ऋतु हो डाक्यो नयाँ वर्षले
वास्नादार फुले पलाँस नफुली सक्दैन धर्ती भरि
मेरै मात्रृ विचित्र हो प्रकृतिको हुन् शोडषी सुन्दरी ।।५।।

छन्द: शार्दूलविक्रीडित

हरि प्रसाद घिमिरे
सिरान्चोक –३ हर्मी, गोरखा

वि.सं.२०७८ माघ २९ शनिवार ०८:२९ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...