back
CTIZAN AD

छन्द कविता: दलभन्दा माथि उठोस् !

वि.सं.२०७८ माघ २९ शनिवार

882 

shares

दल होस् मुनि नै हाम्रो सदा होस् देश माथि यो ।
बल होस् एकताको नै शत्रुलाई लघार्न त्यो ।।१।।

स्वार्थ बोकेर मैत्रीको छुरा रोप्न सदाशय ।
देखाउँछ यहाँ अर्थ देखाई बन्दुकै भय ।।२।।

ठूला राष्ट्र भने जस्तो छत्र छाया लगाउन ।
गरिबीको बहानामा देश पूरा लुटाउन ।।३।।

दुई ठूला रहे देशै दायाँबायाँ धनाढ्य छन् ।
जसको साथ लाग्दो होस् त्रासैत्रास रहे छ झन् ।।४।।

साँढेको भयो जुधाई बाच्छाको भो मिचाइ छ ।
अगाडि जो बढे कुल्ची मार्ने भयो यहाँ सब ।।५।।

कोही अगाडि लागेनन् भने भूमि जमाउँछन् ।
यहाँका दास झैं मानी तिनैले राज्य चलाउँछन् ।।६।।

जाग हो ! उठ नेपाली ! दलभित्र अझै पर ।
देश जोगाउनै पर्यो मित्र माथि भयो डर ।।७।।

नेपाली मन दर्हो छ अझै छ जोश भावना ।
स्वार्थ त्यागी बढे तीब्र दिन्छन् साथ सबै जना ।।८।।

छन्द: अनुष्टुप्

राजेन्द्रकुमार बज्राचार्य, कोटेश्वर, काठमाडौं

 

वि.सं.२०७८ माघ २९ शनिवार ०८:३१ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...