back
CTIZAN AD

गजल

वि.सं.२०७८ माघ २९ शनिवार

807 

shares

सधैँ घर–घर डुली जो हात जोड्दै निहुरिएको छ ।
उही नेतृत्वमा पुग्दा ठुलो धोका दिएको छ ।

कतै नाङ्गा भुतुङ्गा छन् कतै छन् मखमली पहिरन,
चुनावी भेल समताको नदीमा उर्लिएको छ ।

हिजो छलछाम गर्दै धन कमाएको थियो जसले,
उसैको मान इज्जत आज धनमा पोखिएको छ ।

थियो जो खानदानी ऊ छ हरदम नम्र बानीको,
ठगी गर्दै कमाएको छ जो ऊ टुप्पिएको छ ।

अनौठा पात्र छान्थे जो कथामा पटकथा लेख्दै,
उनैको हातमा साङ्लो अचानक जकडिएको छ ।

बहर: हजज मुसम्मन सालिम
अर्कान : १२२२–१२२२–१२२२–१२२२

किशोर कोइराला, इनरुवा, सुनसरी

वि.सं.२०७८ माघ २९ शनिवार ०८:३४ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...