back
CTIZAN AD

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बिक्री खुला, कति कित्ता दिने त आवेदन ?

वि.सं.२०७८ फागुन ४ बुधवार

609 

shares

४ फागुन, काठमाडौँ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज फागुन ४ गते देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गरेको हो । निष्काशन गरिएको कुल शेयरमध्ये ०।५ प्रतिशत अर्थात १३ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने सर्वसाधारणले बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तको उक्त आईपिओमा सर्वसाधारणले फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन । सो अवधिमा पूर्ण आवेदन नपरेमा आवेदन दिने मिति फागुन १८ गतेसम्म लम्बिनेछ ।

ेलगानीकर्ताले लघुवित्तको उक्त आईपिओमा न्यून्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आईपीओमा आवेदन दिने लगानीकर्ताहरुको संख्या हेर्दा यस कम्पनीको आईपिओमा पनि १० कित्ता आवेदन दिनु उपयुक्त देखिन्छ ।

संस्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालय र मेरो शेयरको मोबाइल एपबाट आवेदन दिन सक्नेछन ।

वि.सं.२०७८ फागुन ४ बुधवार १०:१३ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...