back

एसएसबी पीडित ४ युवाले क्षतिपूर्ति पाएनन्

वि.सं.२०७३ फागुन ३० सोमवार

585 

shares
IME Limited
NTC AD

३० फागुन, इनरुवा । सुनसरीमा एक वर्ष अगाडि भारतको सीमा सुरक्षा बल ९एसएसबी० को गोली लागी घाइते भएका सुनसरीका चार युवाले अझैसम्म पनि क्षतिपूर्ति पाउन नसकेको गुनासो गरेका छन् ।

गत वर्षको भारतको अघोषित नाकाबन्दीको समयमा तस्करलाई लखेट्दै आउने क्रममा नेपाली भूमिमा हरिपुर गाविस–९ का चार युवालाई एसएसबीले गोली हानेर घाइते बनाएको थियो ।

घटनाको वर्ष बित्दा समेत क्षतिपूर्ति र उपचार खर्च पाउन नसकेको गुनासो पीडितले गरेका हुन् । एसएसबीको गोली लागी घाइते भएका हरिपुर गाविस–९ का अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादवलगायतकाले आफ्नो उपचारको खर्च रकम र क्षतिपूर्ति पाउन नसकेको गुनासो गरेका हुन् ।

गोली लागि घाइते भएका अशोकको त्यसबेला उपचारका लागि रु तीन लाख ६५ हजार, सरोजको रु दुई लाख ५० हजार, नरेशको रु दुई लाख र मनोजको रु ५० हजार खर्च भएको उनीहरुले बताएका छन् ।
उता सुनसरी क्षेत्रको नेपाल भारत सीमामा भारतीय सीमा सुरक्षा बल एसएसबीले कडाइ गरेको छ । सुनसरीको भाण्टाबारीबाहेकका नाकामा नेपालीलाई भारत प्रवेशमा रोक लगाएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेपाली युवक गोविन्द गौतमको हत्याको सर्वत्र विरोध हुन थालेपछि एसएसबी सुनसरीबाट नेपालीलाई भारत प्रवेशमा रोक लागाएको हो । एसएसबीले ‘माथिको आदेश’ भन्दै दशगजा क्षेत्रमा नेपालीलाई भारत प्रवेशमा रोकेको हो ।

वि.सं.२०७३ फागुन ३० सोमवार ०३:२४ मा प्रकाशित

एमाले पोलिटव्यूरो बैठक जारी

एमाले पोलिटव्यूरो बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठकमा सदस्यहरूले आआफ्नो...

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाई जहाजको...

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

नेपालगञ्ज । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा सम्बन्ध बिच्छेदका मुद्दा...

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

अत्तरिया (कैलाली) । कैलाली भन्सार कार्यालय धनगढीले रु आठ अर्ब...