back
CTIZAN AD

नेपाली श्रमिकहरु र अमेरिकन बिद्यार्थीहरु बीच भेटघाट

वि.सं.२०७३ फागुन ३० सोमवार

774 

shares

qatarpदोहा कतार । दोहा एनआरएन एनसीसी कतार र भर्जिनिया कमनवेल्थ युनिभर्सिटी कतारको आयोजनामा प्रवासी नेपाली श्रमिकहरु र अमेरिकाबाट आएका युनिभर्सिटीका बिद्यार्थीहरु बीच भेटघाट तथा वर्कसप सम्पन्न भएको छ। वर्कसपमा दुवै देशका कला, सस्कृति र परम्पराका चिनारी साटासाट गर्नुका साथै आ-आफ्नो राष्ट्रको अन्तरिक तथा राजनीतिक बिषयमा छलफल गरिएको थियो ।
कार्यक्रम एनसीसी कतारका प्रथम उपाध्यक्ष नबिन पोख्रेलको संयोजकत्व रहेको थियो ।कार्यक्रमको वातावारणलाई अझै सहज बनाउनको लागी एनसीसी कतारका तर्फबाट युवा संयोजक लिला जिसी र महिला संयोजक संगीता तामांगले संयोजक पोख्रेललाई साथ दिएका थिए। ६ पुरुष र ५ महिला प्रवासी नेपाली श्रमिकहरु सहभागी रहेको कार्यक्रममा भ्रमणकारी युनिभर्सिटीका १२ जना बिद्यार्थीले सहभागिता जनाएका थिए ।
रमाइलो वातावरणमा सम्पन्न भएको सो कार्यक्रममा सहभागीहरुले तितामिठा अनुभव समेत साटासाट गर्दै हाँसखेल गरेका थिए l युनिभर्सिटी बिद्यार्थीहरु नेपाल र नेपालीका बारेमा जान्न निकै उस्सुक देखिएका थिए l एक अर्कासंग नजिक रहेर आफु र मुलुकसंग जोडिएका भावनात्मक सम्बन्धहरुलाई छोटो र मिठो रुपमा आदानप्रदान गर्दै कार्यक्रमको समापन गरिएको थियो ।

वि.सं.२०७३ फागुन ३० सोमवार ०३:३४ मा प्रकाशित

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

अमेरिकामा रहेका धौलागिरी गाउँपालिकावासी नेपालीहरूलाई संगठित गर्दै धौलागिरी गाउँपालिका समाज...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...