Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

नेपाली श्रमिकहरु र अमेरिकन बिद्यार्थीहरु बीच भेटघाट



qatarpदोहा कतार । दोहा एनआरएन एनसीसी कतार र भर्जिनिया कमनवेल्थ युनिभर्सिटी कतारको आयोजनामा प्रवासी नेपाली श्रमिकहरु र अमेरिकाबाट आएका युनिभर्सिटीका बिद्यार्थीहरु बीच भेटघाट तथा वर्कसप सम्पन्न भएको छ। वर्कसपमा दुवै देशका कला, सस्कृति र परम्पराका चिनारी साटासाट गर्नुका साथै आ-आफ्नो राष्ट्रको अन्तरिक तथा राजनीतिक बिषयमा छलफल गरिएको थियो ।
कार्यक्रम एनसीसी कतारका प्रथम उपाध्यक्ष नबिन पोख्रेलको संयोजकत्व रहेको थियो ।कार्यक्रमको वातावारणलाई अझै सहज बनाउनको लागी एनसीसी कतारका तर्फबाट युवा संयोजक लिला जिसी र महिला संयोजक संगीता तामांगले संयोजक पोख्रेललाई साथ दिएका थिए। ६ पुरुष र ५ महिला प्रवासी नेपाली श्रमिकहरु सहभागी रहेको कार्यक्रममा भ्रमणकारी युनिभर्सिटीका १२ जना बिद्यार्थीले सहभागिता जनाएका थिए ।
रमाइलो वातावरणमा सम्पन्न भएको सो कार्यक्रममा सहभागीहरुले तितामिठा अनुभव समेत साटासाट गर्दै हाँसखेल गरेका थिए l युनिभर्सिटी बिद्यार्थीहरु नेपाल र नेपालीका बारेमा जान्न निकै उस्सुक देखिएका थिए l एक अर्कासंग नजिक रहेर आफु र मुलुकसंग जोडिएका भावनात्मक सम्बन्धहरुलाई छोटो र मिठो रुपमा आदानप्रदान गर्दै कार्यक्रमको समापन गरिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम