back
CTIZAN AD

ग्लोबल आइएमई बैंकका ९ नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

वि.सं.२०७८ फागुन ४ बुधवार

930 

shares

४ फागुन, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ९ नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले भोजपुरको दावाँ, रामेछापको देउराली बजार र रिष्ठे बजार, धनुषाको पुष्पवलपुर र बटेश्वर, खोटाङको खार्मी र नुवाकोटको चौघडा, रुपन्देहीको भवानीपुर एव्म उदयपुरको बाँकेटारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यी ९ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २७४ पुगेको छ ।

बैंकले भोजपुर जिल्लाको भोजपुर नगरपालिक वडा नं. ३, दावाँ, रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाँउपालिका वडा नं. १, देउराली बजार तथा वडा नं. ६, रिष्ठे बजार, धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ४, पुष्पवलपुर तथा बटेश्वर गाँउपालिका वडा नं. ४, बटेश्वर, खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ११,खार्मी, नुवाकोट जिल्लाको लिखु गाँउपालिका वडा नं. ४,चौघडा, रुपन्देही जिल्लाको देवदह नगरपालिका वडा नं. ४, भवानीपुर र उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ६, बाँकेटारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकको भोजपुर शाखा अन्तर्गत रहने गरी दावाँमा खोलिएको सेवाको लागि प्रकाश दाहाल, दोरम्बा शाखा अन्तर्गत रहने गरी देउराली बजारमा खोलिएको सेवाको लागि डडुवा साना किसान कृषि सहकारी संस्था लि. तथा रिष्ठे बजारमा खोलिएको सेवाको लागि मिलन थापा, ढल्केबर शाखा अन्तर्गत रहने गरी पुष्पवलपुरमा खोलिएको सेवाको लागि राकेश कुमार महतो तथा बटेश्वरमा खोलिएको सेवाको लागि जितेन्द्र कुमार महतो सिंह, खोटाङ शाखा अन्तर्गत रहने गरी खार्मीमा खोलिएको सेवाको लागि सुमन राई, त्रिशुली शाखा अन्तर्गत रहने गरी चौघडामा खोलिएको सेवाको लागि देवराज राई, खैरेनी शाखा अन्तर्गत रहने गरी भवानीपुरमा खोलिएको सेवाको लागि राजन अधिकारी र कटारी शाखा अन्तर्गत रहने गरी बाँकेटारमा खोलिएको सेवाको लागि रामबहादुर कार्कीलाई प्रतिनिधि नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, रेमिट्यान्स सेवा लिन, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गर्ने गरेको छ ।
‘सबैका लागि बैंक’भन्ने नाराका साथ २८ लाखभन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८६० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।

वि.सं.२०७८ फागुन ४ बुधवार १६:५५ मा प्रकाशित

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड विश्व बैंकिङ क्षेत्रको प्रतिष्ठित युरोमनी...

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...

नबिल बैंकद्वारा ’भ्वाइस पेमेन्ट नोटिफिकेसन’ डिभाइस सार्वजनिकः क्युआर भुक्तानीको पुष्टि अब आवाजमै

नबिल बैंकद्वारा ’भ्वाइस पेमेन्ट नोटिफिकेसन’ डिभाइस सार्वजनिकः क्युआर भुक्तानीको पुष्टि अब आवाजमै

काठमाडौँ । नबिल बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ  । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...