back
CTIZAN AD

छन्द कविता: म फ्याँक्छु है किनारमा

वि.सं.२०७८ फागुन ७ शनिवार

1.4K 

shares

अभाव दीप ज्योतिको छ चेत अन्धकारमा ।
जुटेर बाल प्रेमको दियो नयाँ सुवासना ।।
उदार भाव नेत्र यो चिनेर देख्छ के गरी ?
विशाल दर्द कष्ट छन् हटून् सबै सधैँ भरी ।।०१।।

गमेर मात्र चेतमा नसाँच कर्म सर्वदा ।
भनी खुलोस् सुभावना अप्राप्ति प्राप्ति होस् सदा ।।
रमून् दुवै स्वहात यी सुकर्म प्रेम मार्गमा ।
रसाल कर्म मूलले झुमोस् धरा सुधारमा ।।०२।।

छ योग्य कर्मप्रीतको प्रगाढ छाप चेतमा ।
सकिन्न लक्ष्य चुम्न रे कुचाल दुष्ट द्वेषमा ।।
उठूँ म पुग्न विन्दुमा लिएर लक्ष्य चिन्तन ।
उँभो उडूँ म व्योममा भगाउँदै अकिन्चन ।।०३।।

जहाँ छ भोक रोगको प्रचण्ड घोर ताडना ।
छ चेतमा विलम्बता समात कर्म साधना ।।
म जुट्नुपर्छ रे उठी श्रमी बनेर धारमा ।
सचेत हुन् सबै सधैँ म फ्याँक्छु है किनारमा ।।०४।।

छन्द: पञ्चचामर
गण: ज र ज र ज गु
सङ्केत: isi     sis    isi    sis       isi     s

दीनानाथ पोख्रेल, इलाम

वि.सं.२०७८ फागुन ७ शनिवार ०८:५० मा प्रकाशित

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...