back
CTIZAN AD

स्वतन्त्र गजल

वि.सं.२०७८ फागुन ७ शनिवार

1.1K 

shares

मेरो पनि को नै छ र ? बाँकी कुरा आफैं बुझ;
बरू आऊ छेउमै सर, बाँकी कुरा आफैं बुझ ।

सबै कुरा जायज भन्छन्,युद्ध अनि प्रेममा रे !
मन मिले कस्को डर, बाँकी कुरा आफैं बुझ ।

म त मान्छे यस्तै हजुर, नसुन्नु कसैका कुरा;
बुझ्न आफैं भेट गर, बाँकी कुरा आफैं बुझ ।

मङ्सिर र माघ गयो, फागुन पनि जानै लाग्यो;
चैत अघि सिउँदो भर, बाँकी कुरा आफैं बुझ ।

मनको माया खन्याएर, तिमीलाई नुहाउँला;
मलाई देऊ तिम्रो थर, बाँकी कुरा आफैं बुझ ।

वेद प्रसाद ढुङ्गेल (विपिन अगस्ति )
काँडाघारी, काठमाण्डौ

वि.सं.२०७८ फागुन ७ शनिवार ०८:५१ मा प्रकाशित

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...