back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७८ फागुन ७ शनिवार

690 

shares


बन्द छन् बजारका पसलहरु, बन्द हुने भो गाँस पनि,
तहस–नहसको सम्भावनासंगै, असुरक्षित भो बास पनि ।
उपाय विहिन हुँदैछ अवस्था, समस्यै समस्या थुप्रि रहंदा,
अब त लाग्दैछ अलि अलि बचेको, हराउने भो आस पनि ।


जनताहरुको भोटले जित्नेहरु, सत्ता र कुर्चीको खेलमा छन,
कोहि कमिशनको दौडमा अनि कोहि आँसुको भेलमा छन ।
सम्वृद्धिको नारा खोक्नेको चटक हेर्दै मजदुरी गरि खानेहरु,
कोरोनाको त्राससंगै, देशको लकडाउनको जेलमा छन् ।


खैजडी बजाउ वा डम्फु बजाउ, गीत गाउ नाँच के फरक पर्छ र,
आसेपासे कजाउ, हतियार सोझाउ र ढाड भाँच के फरक पर्छ र ।
भन्नेले भन्दै, हेर्नेले हेर्दै गर्छन, समयको साथ, आफ्नै हात छ, त्यसैले,
कत्ति नलजाउ, महल सजाउ, पुस्तौपुस्ता पुग्ने साँच के फरक पर्छर ।


विकास गर्ने निहुँको खोल ओडी डलर कमाउनेहरुबाट,
शान्ति सुरक्षाको प्रत्याभूति दिन डण्डा समाउनेहरुबाट ।
देशको हालत खराब हुँदै गयो जनताहरु भए बेचैन साह्रै,
होंचो माथि घोंचो भयो, मासु खाई हड्डी थमाउनेहरुबाट ।


देशले विकासको कोल्टे फेर्ने शक्ति युवामा हुन्छ,
पिउने स्वच्छ एवं शुध्द मुलको पानी कुंवामा हुन्छ ।
भन्नेले जे सुकै भने पनि वास्तवमा छोरा छोरीलाई,
बनाउने वा बिगार्ने असली साँचो आमा, बुवामा हुन्छ ।

रबि श्रेष्ठ,सन्धिखर्क–१, अर्घाखाँची
हाल- बुटवल, रुपन्देही

 

वि.सं.२०७८ फागुन ७ शनिवार ०८:५२ मा प्रकाशित

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...