यानभन्दा अग्लो
विज्ञानभन्दा विनाशक
ज्ञानभन्दा गाढा
तरङ्गभन्दा पातलो
पातभन्दा प्रेमिल
पत्करभन्दा सुकेको
सूर्यभन्दा धेरै उजेलो
औँसीको रातभन्दा
ज्यादा अन्धकार हुँदोरहेछ
मनोविज्ञान !
अध्यात्म उठूँ
दायाँ कृष्ण छ
ब्रह्म छ
बायाँ हिडूँ
शकुनि छ
दुर्योधन छ
भौतिकतातिर हात फैलाऊँ
असङ्ख्य
भीमकाय अपराधहरू
गोमन फँणा उचालेर
डस्दै छन्
–आमा पुजेर
-बाबू पुजेर
–पत्नी पुजेर
–पति पुजेर
–छोराछोरी पुजेर
अझ ढुङ्गा पुजेको
जमातले
काला बादलमा
आकाश निलिएजस्तै
घर
घर नै निलिएका छन्
समाज
समाज नै निलिएका छन्
–राजनीतिका नाममा
–धर्मका नाममा
–परम्पराका नाममा
–परिवार मोहका नाममा
उन्मादका खेतीहरू
सर्वत्र
हल्हलाएका छन्
–आमा पुजेर
–बाबू पुजेर
–पत्नी पुजेर
–पति पुजेर
–छोराछोरी पुजेर
अझ ढुङ्गा पुजेको
जमातले
काला बादलमा
आकाश निलिएजस्तै
घर
घर नै निलिएका छन्
समाज
समाज नै निलिएका छन्
छि!यिनै पुज्नेहरू
अञ्जुलीका पखेटा बनेर
विस्तरित छन् सर्वत्र
पाखण्डको पगरी गुथ्ने पनि
सद्ज्ञानको फराक
चाँदर थुत्ने पनि
युद्धबारुद बल्ने
र शीत सम्झौतामा
हात पसारेर
–केही बाँचेझैँ
–केही मरेझैँ
–केही हेरेझैँ
–र केही केरेझैँ
प्रेमको पासो थाप्ने
विछोडको आँसु झाँक्ने
विहे गर्ने
र घर छोड्ने
घर छोडेर
फेरि विहे गर्ने
युद्ध उठ्ने
र बसाउने
बसाएर फेरि उठ्ने
विनाशको आगो बालेर
फेरि शीत चुहाउने
यानभन्दा अग्लो
विज्ञानभन्दा विनाशक
ज्ञानभन्दा गाढा
तरङ्गभन्दा पातलो
रङ्भन्दा रङ्गीन
पात भन्दाप्रेमिल
पत्करभन्दा सुकेको
सूर्यभन्दा धेरै उजेलो
औँसीको रातभन्दा
ज्यादा
अन्धकार पनि हुँदोरहेछ
मनोविज्ञान !!!
कलानिधि दाहाल, काठमाडौं
वि.सं.२०७८ फागुन ७ शनिवार ०८:५४ मा प्रकाशित






























