१
सन्तती टाढा
कसरी तिर्छन्
दूधको भारा ?
२
काट्ने होडमा
मुडिए छुरा
धारिला कुरा ।
३
गर सत्कर्म
छाड बहस
पाप र धर्म ।
४
परोपकार
बैगुनीलाई
गुनले मार ।
५
हुन्छ चुनाव
सत्तामा स्वार्थ
उही तनाव ।
६
खुब सराप
छैन विकल्प
लगाऊ छाप ।
७
निम्त्याए द्वन्द्व
उठाए चन्दा
लाभको धन्दा ।
८
पानी मूलको
बास्ना फूलको
गाथा कुलको ।
९
बनाउँ बाटो
खाएर आटो
बन्नु छ माटो ।
१०
भलको पानी
छलको कर्म
हान्दछ मर्म ।
धातानन्द शर्मा, पाल्पा
वि.सं.२०७८ फागुन ७ शनिवार ०८:५५ मा प्रकाशित






























