back
CTIZAN AD

मृत्युदर घटाउने लक्ष्यका साथ अल्ट्रासाउण्ड सेवा सुरु

वि.सं.२०७८ फागुन ९ सोमवार

576 

shares

लमजुङ । जिल्लास्थित मध्यनेपाल नगरपालिकाले भार्लेटार स्वास्थ्यचौकी मार्फत ‘अल्ट्रासाउण्ड सेवा’ सुरुआत गरेको छ । गर्भवती महिला तथा नवजात शिशुको मृत्युदर घटाउने लक्ष्यका साथ पहिलोपटक आइतबारदेखि सो सेवा थालनी गरिएको हो ।
नगर प्रमुख रमेशकुमार पाण्डेले स्वास्थ्यचौकीका अनमी सुनिता रायमाझीलाई ‘अल्ट्रासाउण्ड मेसिन’ हस्तान्तरण गर्दै सो सेवा सुरु गरे ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद पौडेलका अनुसार गण्डकी प्रदेश सरकारले पनि सो उपकरण उपलब्ध गराएको हो । चिसंकु, रम्घा र भोर्लेटार स्वास्थ्यचौकीबाट उक्त सेवा उपलब्ध भइरहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले गर्भवती तथा नवजात शिशुका लागि निःशुल्क एम्बुलेन्स उपलब्ध गराउँदै आएको छ । चालु आवको साउन महिनाबाट हालसम्म १६२ नयाँ गर्भवती थपिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए । यस अवधिमा १५२ सुत्केरी भएका, ती मध्ये ११६ ले पालिकाभित्रका स्वास्थ्य संस्थामार्फत सुरक्षित प्रसूति सेवा लिएका र ३६ जनालाई बाहिरा ‘रिफर’ गरिएको जनाइएको छ ।

वि.सं.२०७८ फागुन ९ सोमवार १२:५३ मा प्रकाशित

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवले कुपोषण न्यूनीकरण...

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा...

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

काठमाडौँ । विश्व बैङ्कले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने...