पोखरा । साहित्य शृंखला पोखराको अधिवेशनले साहित्यकार लक्ष्मी थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
संस्थाको शनिबार भएको तेस्रो अधिवेशनले संस्थाको अन्य पदाधिकारीमा उपाध्यक्षमा ताराप्रसाद तिमिल्सिना, सचिवमा काजी गाउँले, सहसचिवमा सन्तोष न्यौपाने, कोषाध्यक्ष लक्ष्मण गौतम र सदस्यमा विकास लुङ्गेली, लीला पण्डित, गीता तिवारी, विष्णु सुवेदी, भक्त रसाइली र वीरेन्द्र सूर्यवंशीलाई चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष थापाले प्रगतिशील लेखनमाथि लागेको कोरा नाराको आरोपलाई चिर्दै कला र विचारको संयोजनको लागि अथक प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । उनले भर्खर बामे सर्दै गरेका लेखकहरुलाई प्रोत्साहनसहित साहित्यबारे छलफल, विमर्श गरी अघि बढ्ने समेत बताइन् ।
समारोहमा आलोक शृंखला १५ र साहित्यकार लोकनाथ पुडासैनीको कविता संग्रह ‘सिरानमा बस्नेहरु’ सार्वजनिक गरिएको थियो ।
वि.सं.२०७८ फागुन ९ सोमवार १३:०८ मा प्रकाशित






























