back
CTIZAN AD

थाइराइडको समस्यामा यी कुरामा ध्यान दिन सुझाउँछन् स्वास्थ्य विज्ञ

वि.सं.२०७८ फागुन ९ सोमवार

855 

shares

थाइराइडको समस्या भएकाहरुले दिनहुँ एक गिलास दूध पिउदा फाइदा हुन्छ । यदि फलफूल सेवन गर्नुहुन्छ भने आप, खरबुजा, तरबुजा, पाइनापल, अनार सेवन गर्दा राम्रो हुने स्वस्थ्य विज्ञ बताउँछन् ।

खानामा दालचिनी, अदुवा, लसुन, सेतो प्याज समावेश गर्नु राम्रो हुन्छ । साथै थायराइडको समस्या भएकाहरुले नरिवलको तेल प्रयोग गर्नु राम्रो हुने तथा सुपाच्य भोजन गर्नुपर्छ ।  खानामा खिचडी पनि लाभदायक मानिन्छ ।

त्यस्तै सलादमा गाजर समावेश गरेर खानका साथै अंकुरित चना अथवा दाल प्रयोग गर्न सकिन्छ । साथै उसुनेको आलुले पनि फाइदा गर्छ । यसले मोटोपन बढाउदैन । तरकारीमा सिमीको प्रयोग पनि राम्रो हुन्छ । मुख्य खानामा ब्राउन राइस र दाल प्रयोग गर्न सकिन्छ । यसले सुगरको लेवल पनि नियन्त्रणमा राख्दछ ।

त्यस्तै थाइराइडका समस्या हुनेहरुका लागि अन्य मासु खानुभन्दा माछाको सेवन अत्यन्तै लाभदायक मानिन्छ । साथै अण्डामा भिटामीन बि र प्रोटीनको मात्र बढी हुने भएकोले यसको प्रयोग राम्रो हुने स्वास्थ्य विज्ञ बताउँछन् ।
त्यस्तै ड्राइफुडमा थाइराइडका लागि ओखर सबैभन्दा राम्रो मानिन्छ । ओखरले हाम्रो दिमागको स्वस्थ्य राम्रो हुने र जसका कारण चिन्ता पनि कम हुने स्वस्थ विज्ञ बताउँछन् ।

यस्ता समस्या हुनेहरुले १० देखि १५ मिनेट बिहानको नरम घाम ताप्नु राम्रो हुन्छ ।

थाइराइड हुनेहरुले यी खानेकुरा नखानु राम्रो

थाइराइडबाट पीडित भएकाहरुले खानामा त्यस्ता चीजहरु नखानु नै राम्रो हुन्छ । जुन चिजहरु पचाउनका लागि समस्या हुन्छन् ।

१– धेरै चिसो खानेकुराहरु नखानु नै राम्रो ।

२–धेरै खुर्सानी, मसालेदार तथा तारेको खानेकुरा ।

३–दहीको प्रयोग नगर्नुनै राम्रो हुन्छ ।

४– बासी खाना त्यसमा चिनी रहेको छ भने त झनै प्रयोग नगर्दा नै राम्रो ।

५–यस्ता बिरामीले पालक, शखरखण्ड, बन्दागोभी, फूलगोभी, मुला, शलगम, सोया, रातो मासु, कफि, रिफाइन्ड तेल प्रयोग नगरेको राम्रो भन्छन् स्वास्थ्य विज्ञ ।

७– यस्ता बिरामीले धेरै परिश्रम नगर्नु नै राम्रो मानिन्छ ।

 

 

वि.सं.२०७८ फागुन ९ सोमवार १६:१८ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...