back
CTIZAN AD

लिबियाका प्रधानमन्त्रीले जुनमा चुनाव गराउने

वि.सं.२०७८ फागुन १० मंगलवार

717 

shares

त्रिपोली । लिबियाका प्रधानमन्त्री अब्दुल-हमिद दबेबहाले सोमबार जुनमा आम चुनाव गराउने योजना घोषणा गरेका छन् । “जनताको विश्वास फिर्ता गर्ने योजनाले सबै विद्यमान (राजनीतिक) निकायहरू, विशेष गरी राष्ट्रिय एकताको सरकारको अन्त्य गर्नेछ,” डबेबाहले टेलिभिजन भाषणमा भनेका छन् ।

“म निर्वाचनमार्फत (कार्यालय) हस्तान्तरण गर्छु, अराजकतामा हात हाल्ने कुरा स्वीकार गर्दिन । निर्वाचन मात्र समाधान हो,” उनले भनेका छन् । प्रतिनिधिसभाले भर्खरै पूर्व गृहमन्त्री फाथी बाशाघालाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेको थियो । निर्वाचित सरकार नबनेसम्म आफू पदमै रहने दबेबाहले बताएका छन् ।

लिबियामा गत वर्ष डिसेम्बर २४ मा आम निर्वाचन हुने भनिएको थियो तर प्राविधिक र कानुनी समस्याका कारण अनिश्चितकालका लागि स्थगित गरिएको देशको निर्वाचन आयोगले जनाएको थियो ।
सिन्ह्वा

वि.सं.२०७८ फागुन १० मंगलवार १६:४५ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...