back
CTIZAN AD

यूक्रेनमाथि रुसी आक्रमण : पछिल्ला केही घण्टामा के भयो ?

वि.सं.२०७८ फागुन १२ बिहीवार

1.1K 

shares

काठमाडौं । रुसले युक्रेनमाथि सैन्य आक्रमण गरेको छ । बिहीबार बिहानदेखि रुसी सेनाले यूक्रेनमाथि आक्रमण गरेका हुन् । रुसले यूक्रेनमाथि आक्रमण शुरु गरेयता विश्वभरका घटनाहरू तीव्र गतिमा परिवर्तन भइरहेका छन्।

यहाँ रुसले यूक्रेनमाथि आक्रमण गरेयता विश्वभर विकास भएका घटनाबारे संक्षिप्त अपडेट गरेका छौं । के–के भयो घटनाक्रम थाहा पाउनुहोस् –

– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डोनबास क्षेत्रमा विशेष सैन्य अभियानको घोषणा गरेका छन् । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले युक्रेन मुद्दामा धैर्यता अपनाउन आग्रह गर्दा उनले टेलिभिजन सम्बोधनका क्रममा यो घोषणा गरेका हुन् ।

– टेलिभिजन सम्बोधनका क्रममा पुटिनले यस अभियानको उद्देश्य युक्रेनी सेनालाई त्यहाँबाट हटाउनु रहेको बताए ।

– युक्रेनको धेरै भागबाट मिसाइल आक्रमणको खबर आएको छ। जसमा यूक्रेनको राजधानि किफमा पनि यस्तो आक्रमण भएको बताइएको छ ।

– युक्रेनका विदेशमन्त्रीले रुसले ‘व्यापक आक्रमण’ गरेको आरोप लगाएका छन् । उनले संयुक्त राष्ट्र संघलाई यसलाई रोक्नको लागि सक्दो प्रयास गर्न आग्रह गरेका छन् ।

– अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसले गरेको आक्रमणको निन्दा गरेका छन् । उनले भने कि राष्ट्रपति पुटिनले पूर्व–व्यवस्थित युद्ध छनोट गरेको छ जसले मानिसहरूलाई मार्नेछ र मानव त्रासदी निम्त्याउँछ।

बेलायत, युरोपेली संघ, संयुक्त राष्ट्र संघ र नाटोका नेताहरूले पनि रुसको आक्रमणको कडा निन्दा गरेका छन् ।

सम्बन्धित समाचार

वि.सं.२०७८ फागुन १२ बिहीवार १४:३६ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...