back
CTIZAN AD

अरनिको राजमार्गको साँगा सडकखण्ड अवरुद्ध

वि.सं.२०७८ फागुन १२ बिहीवार

867 

shares

काभ्रेपलाञ्चोक । सवारी साधन दुर्घटनामा गएराति मृत्यु भएका व्यक्तिका आफन्तले आज अरनिको राजमार्गअन्तर्गत काठमाडौँ उपत्यकाको पूर्वी नाका साँगा सडकखण्ड अवरुद्ध गरेका छन् । बनेपाबाट साँगातर्फ मोटसाइकलमा गइरहेका बनेपा नपा–१४ का ३२ वर्षीय विशाल तामाङको सवारी साधानको ठक्करबाट बुधबार राति मृत्यु भएपछि दोषी पत्ता लगाई कारबाहीको माग गर्दै स्थानीयवासीले आज बिहान १० बजेदेखि सडक अवरुद्ध पारेका हुन् ।

सडक अवरुद्ध हुँदा सयौँ सवारी साधानमा राजधानी जाने तथा काभ्रेपलाञ्चोकसहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा मध्यपहाडी क्षेत्रहुँदै पूर्वी तराई जाने यात्रु अलपत्र परेका छन् । राति १० बजेतिर एक सवारी साधनको ठक्करले तामाङको मृत्यु भएको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन कोइरालाले बताए । रातको समयमा ठक्कर दिनेसवारी साधानकोे खोजी कार्य भइरहेको र अवरुद्ध राजमार्ग सञ्चालनको प्रयास भइरहको उनले जानकारी दिए ।

 

वि.सं.२०७८ फागुन १२ बिहीवार १४:३२ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र...

तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’

तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’

काठमाडौँ । ‘आज आमैले किन्देको नौरती फुली, भोलि मैसँग होला...

हिमालयन लाइफमा सिईओ र डेपुटी सिईओ छनोट प्रकृया सुरु

हिमालयन लाइफमा सिईओ र डेपुटी सिईओ छनोट प्रकृया सुरु

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिईओ र डेपुटी...