back
CTIZAN AD

आज फागुन १३ गते शुक्रवार, आज यी ६ राशिकालाई हुनेछ विशेष फाइदा !

वि.सं.२०७८ फागुन १३ शुक्रवार

768 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समयअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। केही बाध्यताले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

वृष –इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। अध्ययनमा समय दिन नसकिएला। आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला। सामूहिक काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। आस मारेको नतिजा अन्त्यमा सकारात्मक हुनेछ। तत्काल फाइदा नभए पनि स्रोत पहिचान गर्न सकिनेछ।

मिथुन –का, कि, कु, घ, ङ, छ, के, को, ह
सुन्दर पहिरन र भौतिक साधन जुटाउने समय छ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चापबाट मुक्त रही विश्राम पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा मन रमाउनेछ। विभिन्न सहयोग तथा उपहार प्राप्त भए पनि आफ्नै आलस्य गर्ने बानीले काममा पछि परिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ।

सिंह –मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थिति सामान्य अनुकूलै रहे पनि अस्वस्थताले काममा बाधा पुग्न सक्छ। घर–व्यवहारले पनि अल्मल्याउन सक्छ। नयाँ काम थाल्न समय पर्खनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। तापनि मिहिनेतले अवसर दिलाउनेछ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले आंशिक उपलब्धि हुनेछ। सन्तान वा अनुयायीको साथ, सहयोग प्राप्त हुनेछ।

कन्या –टो, प, पि, पु, ष, ण, ठ, पे, पो
हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। ढिलासुस्तीले हातमा आएको मौका गुम्न सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। चौपाया तथा भूमिको माध्यमबाट सामान्य लाभ उठाउन सकिनेछ। विश्वासपात्रबाट धोका पाइनेछ र काम दोहोर्याउनुपर्ने हुन सक्छ।

तुला –र, रि, रु, रे, रो, ता, ति, तु, ते
हिम्मतले काम बनाउन सकिनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरू जुट्नेछन् भने पहिले दुश्मनी गर्नेहरू पनि मित्र बन्नेछन्।

वृश्चिक –तो, ना, नि, नु, ने, नो, या, यि, यु
द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले आँटेका काममा बाधा पुर्याउने हुँदा सजग रहनुपर्ला। अरूको वचन हार्न नसक्दा दुःख पाइनेछ। तर मिहिनेत गर्दा पहिलेका कमजोरी सुधार्ने अवसर प्राप्त हुनेछ। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्ला। आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा पनि सजग रहनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रयत्न गरेको काम छिटै पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी कार्य प्रारम्भ होला। साथ दिनेहरू बढ्नेछन् भने मान–सम्मान समेत पाइनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनमा ठाँटिएर आफूलाई आकर्षित तुल्याउन सकिनेछ। नयाँ कामको नेतृत्व लिन सफल भइनेछ।

मकर –भो, ज, जि, खि, खु, खे, खो, गा, गि
समयमा होस नपुग्नाले खर्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। तर खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। आफ्नै कमजोरीले विवाद निम्त्याउला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
मनग्य धन आर्जन हुनेछ र विभिन्न स्रोत–साधन जुट्नेछन्। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ। आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल प्राप्त हुनेछ।

मीन –दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कीर्तिमानी काम गर्ने समय छ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्।

२०७८ फागुन १३ गते, शुक्रवार, (२५ फेब्रुअरी २०२२)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज बिहीबारको राशिफल भन्छ– आज यी ६ राशिकाले दिनुपर्नेछ विशेष ध्यान !

वि.सं.२०७८ फागुन १३ शुक्रवार ०८:०२ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...