back
CTIZAN AD

सेनाका दुई अमल्दारले रगत दिएर बचाए सुत्केरीको ज्यान

वि.सं.२०७८ फागुन १३ शुक्रवार

897 

shares

बैतडी । नेपाली सेनाले दिएको रगतले बैतडीमा एक सुत्केरीको ज्यान बचाइएको छ । शिशु जन्माउन नसकेपछि जिल्ला अस्पतालमा शल्यक्रिया गर्दा अत्यधिक रक्तस्राव भएर छट्पटाइरहेकी सुर्नया गाउँपालिका–२ लिस्किटाकी २० वर्षीया सरस्वती पाण्डेको ज्यान नेपाली सेनाको रक्तदानले बचाइएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए ।

सदरमुकामस्थित हनुमानध्वज गुल्ममा कार्यरत सेनाका अमल्दार बालकृष्ण विष्ट र प्युठ टीकाराम विकले दिएको एक÷एक पिन्ट रगतले ती सुत्केरीको ज्यान बाँचेको हो । जिल्ला अस्पतालमा सुत्केरी व्यथा लागेर दुई दिन अगाडि भर्ना भएकी सरस्वतीले शल्यक्रियाबाट शिशु जन्माएकी हुन् । सरस्वतीको ‘बी पोजेटिभ’ ब्लड गु्रप रहेको र यहाँ ब्लड बैंक नहुँदा सेनाको गुल्ममा खबर गरिएको थियो । सूचना अधिकारी पन्तले भने, “शल्यक्रियामार्फत शिशु जन्माउनु भएकी उहाँको शरीरमा रगतको कमी भई बेहोस भएपछि सेनालाई गुहारेका थियौैँ, सेनाले दिएको रगतबाट सुत्केरीको ज्यान जोगाउन सफल भयौँ ।”

शल्यक्रियापछि बिरामीलाई डडेल्धुरा अस्पताल रेफर गरिएको र अहिले आमा र शिशुको स्वास्थ्य सुधार हुँदै अस्पतालले जनाएको छ । अस्पतालले रगत आवश्यक भएको खबर गरेकाले तत्कालै रगत दान गरिएको गुल्मपति तथा सेनानी खिलबहादुर रानाले बताए । उनले भने, “अस्पतालले रगत आवश्यक परेमा हामीलाई सधैँ खबर गर्ने गर्दछ, सेनाले दिएको रगतले धेरैको ज्यान जोगिएको छ ।” बैतडीमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा रगतको आवश्यकता पर्दा सेना र प्रहरीकै भर पर्नुपर्ने बाध्यता रहेको छ । रासस

वि.सं.२०७८ फागुन १३ शुक्रवार १२:४७ मा प्रकाशित

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्पर्कविहीन

च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्पर्कविहीन

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७...

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...