back
CTIZAN AD

एमसीसीको विरोध गर्दै झलनाथ खनालले भने – तपाईँ हामी भेँडा बाख्रा होइनौं

वि.सं.२०७८ फागुन १५ आइतवार

969 

shares

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने सत्तागठबन्धनको निर्णयप्रति आपत्ति जनाएका छन् । उनले एमसीसीसँग सम्बन्धित सबै दस्तावेज संसदमा नल्याई छलफल गर्न नमिल्ने बताए ।

“एमसीसीका दस्तावेजहरु सदनमा नल्याइकन कसरी हुन्छ ? एमसीसीसँग सम्बन्धित सबै दस्तावेज संसदमा वितरण गरियोस्, एमसीसीसँग भएको पत्राचार सदनले हेर्न पाउनुपर्छ, कसरी सम्झौता भयो जानकारी हुनुपर्छ”, उनले भने, “तपाईं हामी भेडा बाख्रा हैनौं ।”

उनले एमसीसीको विरोधमा सडकमा प्रदर्शन गरिरहेका नागरिकमाथि भइरहेको दमनको निन्दा गरे।

उनले नेपाल असंलग्न देशको रुपमा रहेको तर एमसीसी सम्झौतामा एक पटक होइन पटकपटक अमेरिका सुरक्षा अवधारणा मान्नु पर्ने उल्लेख भएको बताए । नेपाललाई कसैको सुरक्षा छाता ओड्ने कुरा स्वीकार्य नभएको उनको भनाइ थियो ।

उनले व्याख्यात्मक घोषणाको अर्थमाथि प्रश्न उठाए । उनले भने, “घोषणा सम्झौताको अंग बन्छ कि बन्दैन ? अमेरिका सम्झौता सुधार र संशोधन गर्न चाहान्छ भन्ने कुरा सदनले थाहा पाउनु पर्छ ।”

वि.सं.२०७८ फागुन १५ आइतवार १६:०० मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...