back
CTIZAN AD

एमसीसीको मुख्य उद्धेश्य चाइनाविरुद्धको घेराबन्दी हो –नेतृ दुर्गा पौडेल

वि.सं.२०७८ फागुन १५ आइतवार

1K 

shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले अमेरिकी सहयोग परियोजना एमसीसी मुख्यत चाइनाविरुद्ध घेराबन्दी गर्ने उद्धेश्यले नेपालमा आएको बताएकी छन् ।

आइतवार संसदमा एमसीसीकाबारेमा आफ्ना मत राख्दै नेतृ पौडेलले एमसीसी इण्डोप्यासिफिक रणनीति आइपीएसको अंग भएको बताएको उदाहरण दिँदै आइपीएसको मुख्य उद्धेश्य चाइनाविरुद्धको घेराबन्दी गर्नु रहेको बताइन् ।

‘चाइनाविरुद्ध घेरबन्दी गर्नका लागि आइपसीयसले नेपाललाई प्रयोग गर्न चाहान्छ । त्यसैले हामीले शैनिक उद्धेश्यका लागि कुनै पनि देशले नेपाललाई उपयोग हुन दिनु नेपालको असंलग्न परारष्ट्र नीतिको विरुद्ध छ,’ नेतृ पौडेलले भनिन्, ‘त्यसप्रकारको कुनैपनि सम्झौताको हामी दृढताको विरोध गर्दछौं ।’

सत्तारुढ गठबन्धन दलकी एक सहयात्री समेत रहेकी नेतृ पौडेलले एमसीसी नेपालको राष्ट्रियता, सार्वभौमिकता, असंलग्न परराष्ट्र नीति राष्ट्रिय स्वाभिमान र बृहद राष्ट्रियहितका विरुद्ध रहेको बताइन् ।

‘त्यसकारण यसलाई अस्वीकार गरेर जानुपर्छ भन्ने हाम्रो स्पष्ट र दृढ मत पनि त्यहि छ,’ नेता पौडेलले भनिन्‘ कुनै विदेशी अनुदान वा ऋणलाई स्वीकार गर्नुहुन्छ कि हुँदैन भन्ने प्रश्न मुख्य होइन,तर त्योसित जुन प्रकारको राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय हितमा आँच आउने शर्तहरु जोडिएका छन् त्यो अवस्थामा त्यसलाई स्वीकार हुन्छ कि हुँदैन भन्ने मुख्य प्रश्न त्यो हो ।’

नेता पौडेलले एमसीसी आर्थिक र विकास परियोजना भनिए पनि अमेरिकाका उपविदेश मन्त्रीले २०१९ मे मा नेपाल भ्रमणका बेलामा र अमेरिकाका सहायक विदेश राज्यमन्त्री, भियतनाम भ्रमणका बेला र अमेरिकी दूतावासका एक कर्मचारीले पनि एमसीसी इण्डोप्यासिफिक रणनीति आइपीएसको अंग भएको बताएको स्मरण गरिन् ।

उनले एमसीसीलाई संसदबाट पारित गराउनु राष्ट्रघाती कदम हुने भएकाले यसलाई खारज गर्ने समेत आग्रह गरिन् ।

वि.सं.२०७८ फागुन १५ आइतवार १७:५२ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...