back
CTIZAN AD

मतदाता नामावली अद्यावधिकसम्बन्धी अन्तर्क्रिया , ७६० वटा मतदान केन्द्र राखिने

वि.सं.२०७८ फागुन १५ आइतवार

990 

shares

झापा । स्थानीय तहको निर्वाचन नजिकएसँगै झापा जिल्लामा जिल्ला निर्वाचन कार्यालयले आइतबार मतदाता नामावली अद्यावधिकका लागि राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख र पत्रकारसँग अन्तर्क्रिया गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा मतदाता नामावलीमा शुद्धता ल्याउने, स्थानीय निर्वाचनलाई मितव्यायी र प्रभावकारीसहित मत बदर न्यून गर्न सकारोवारवालाले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल भएको थियो । जिल्लामा जम्मा मतदाताको सङ्ख्या छ लाख ५० हजार २५८ रहेको निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए । उनले सबैभन्दा बढी मतदाता मेचीनगर नगरपालिकामा रहेको बताए । सबैभन्दा बढी मेचीनगरमा ९० हजार ८२६ र सबैभन्दा कम (२३ हजार ७४५)गौरीगञ्ज पालिकामा रहेको प्रमुख नेपालले जानकारी दिए ।

विसं २०७४ को निर्वाचनमा पाँच लाख ८५ हजार २१६ मतदाता रहेकामा हाल ६५ हजार ४२ थपिएर कूल मतदाता छ लाखभन्दा बढी भएका छन् । जिल्लामा २८६ वटा मतदानस्थल र ७६० वटा मतदान केन्द्र राखिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका सभापति देउमान थेबे, (नेकपा एमाले)का जिल्ला अध्यक्ष दीपक कार्कीलगायत सबै राजनीतिक दलका प्रमुखको उपस्थिति थियो ।

वि.सं.२०७८ फागुन १५ आइतवार १७:४१ मा प्रकाशित

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए जग्गाधनी पुर्जा

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए जग्गाधनी पुर्जा

भद्रपुर ।झापां, ।  झापाको अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित...

६ वर्षमा काठमाडौँ महानगरको आन्तरिक आय १२ अर्ब नाघ्यो, घरजग्गा रजिस्ट्रेसनमा लक्ष्यभन्दा बढी सफलता

६ वर्षमा काठमाडौँ महानगरको आन्तरिक आय १२ अर्ब नाघ्यो, घरजग्गा रजिस्ट्रेसनमा लक्ष्यभन्दा बढी सफलता

काठमाडौं । काठमाडौँ महानगरपालिकाको आन्तरिक राजस्व संकलन पछिल्ला ६ वर्षमा...

प्रधानमन्त्री शाह नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाह नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ः३० बजे प्रधानमन्त्री...

चार लाख भारतीय रकमसहित पक्राउ

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क...

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

वालिङ । नेपाली लेखक संघ (२००८), स्याङ्जाद्वारा ४४ औँ बि.पी....

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

गण्डकी । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट...