back
CTIZAN AD

प्रचण्ड–माधवलाई संकेत गर्दै मीनेन्द्र रिजालले भने – कसैको जुँगा मिलाउन व्याख्यात्मक घोषणा

वि.सं.२०७८ फागुन १५ आइतवार

852 

shares

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले एमसीसीमा व्याख्यात्मक घोषणा गर्नुको कुनै अर्थ नरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सम्झौतामाथि सैद्धान्तिक छलफलका क्रममा बोल्दै उनले जुनसुकै व्याख्यात्मक टिप्पणी लेखिए पनि सम्झौताको बुँदा परिवर्तन नहुने स्पष्ट पारे ।

रिजालले माओवादी केन्द्र र एकीकृत समाजवादी तर्फ लक्षित गर्दै व्याख्यात्मक घोषणा “जुँगा मिलाउन” आवश्यक परेको उल्लेख गरे । एमसीसीमा कांग्रेसले आवश्यकभन्दा बढी लचकता देखाएको उनको भनाई छ ।

“कसैको मुज (जुँगा) निचा (मुनि) गर्न मिलेन भनेर त्यो व्याख्यात्मक टिप्पणी आवश्यक पर्योि, जति नारा लगाए पनि यो प्रावधान परिवर्तन हुँदैन, लचकता कांग्रेसले प्रशस्त देखाएको छ”, रिजालले भने, “धेरै जितेँ नभन्नुहोस् । सडकमा मान्छे उचाल्नुभयो । निर्वाचनअघि राष्ट्रघाती, पछि राष्ट्रवादी भन्दै हिड्नुभयो ।”

उनले चीन, अमेरिका, भारत सबैबाट सहयोग लिनुपर्ने बताए। आफुँ सत्तामा हुँदा अघि बढाइएको होइन भनि सबै नेताहरुलाई उनले प्रश्न गरे । “नारा लगाएर मात्र लोकतन्त्र बलियो हुन्न । हिजो एकसाथ सत्तामा बस्दा यो अघि बढाएको हैन ?”, रिजालको प्रश्न छ ।

एमसीसी परियोजना ५३ देशमा लागु भइसकेको, १० देशमा कार्यान्वयनको अवस्थामा रहेको र १२ देशमा विकसित हुँदै गएको तथा दुई देशमा बन्द गरिएको भन्दै उनले नेपालमा मात्र यो लागु भएको जस्तो गरेर गलत बहस भइरहेको उल्लेख गरे ।

वि.सं.२०७८ फागुन १५ आइतवार १८:०८ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...