back
CTIZAN AD

नेप्सेमा ४३ अकंको पहिरो, २ कम्पनीको सेयर मूल्यमा लाग्यो नकारात्मक सर्किट

वि.सं.२०७८ फागुन १६ सोमवार

921 

shares

१६ फागुन, काठमाडौँ । साताको दोस्रो दिन सेयर बजार (नेप्से) मा ४३ अकंले पहिरो गएको छ । आज सेयर बजार ४३ दशमलब १० अकंले घटेर २६१० दशमलब ६० विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ६ दशमलब ६४ अकंले घटेर ५०० दशमलब २१ विन्दुमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२७ कम्पनीको ३ अर्ब ६४ करोड ९८ लाख १९ हजार २७० रुपैंया बराबरको ७८ लाख १२ हजार ४१७ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ५३ हजार ९ सय ७८ पटक लेनदेन भएको हो ।

कारोबार रकमको आधारमा अपी पावर कम्पनी, अरुण भ्याली हाईड्रोपावर, हिमालयन डिष्टिलरी, अपर तामाकोशी, नेशनल हाईड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नेशनल हाईड्रोपावर, अपी पावर, युनिभर्सल पावर, अरुण भ्याली हाईड्रोपावर, एचआईडिसिएल लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सेयर बजार ४३ अकंले घट्दा २ कम्पनीको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । आज तेह्रथुम पावर कम्पनी र सामलिङ्ग पावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

वि.सं.२०७८ फागुन १६ सोमवार १५:०८ मा प्रकाशित

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...