back
CTIZAN AD

किसानले माग गरेपछि दुई पालिकालाई माछाका भुरा वितरण गरियो

वि.सं.२०७८ फागुन १८ बुधवार

843 

shares

वालिङ । मत्स्य विकास केन्द्र मिर्मीले दुई पालिकाका किसानलाई ३५ हजार माछाका भुरा वितरण गरेको छ । स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिकाका किसानलाई माछाका भुरा वितरण गरिएको हो ।

किसानको मागका आधारमा माछाका भुरा वितरण गरिएको केन्द्रका प्रमुख रविनसन अधिकारीले जानकारी दिए । गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको सो केन्द्रले पहिलो चरणमा स्याङ्जामा भुरा वितरण गरेको हो । उनले भने, “केन्द्रको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत भुरा उपलब्ध गराएका हौँे ।”

वालिङ नगरपालिकामा १९ माछापालक फार्मका किसानलाई १६ हजार माछाका भुरा वितरण गरिएको पशु शाखा वालिङका प्रमुख डा वसन्त अधिकारीले बताए । पोखरीको क्षमता हेरेर विभिन्न जातका माछाका भुरा उपलब्ध गराएको उनको भनाइ छ । “यसले व्यावसायिक उत्पादनमा जोड दिँदै माछामा आत्मनिर्भर बनाउने अभियानमा सहयोग पुग्ने छ ।”

केन्द्रले बिग हेड कार्प, सिल्भर कार्प, रोहु, नैनी जातका माछाका भुरा वितरण गरेको हो । माछापालन पछिल्लो समय व्यावसायिकरूपमा अगाडि बढेको वालिङ नगर उपप्रमुख कल्पना तिवारीले बताए । “माछापालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ, वालिङमा आवश्यक पर्ने माछा यहीँ उत्पादन गर्न सकिन्छ”, उनले भने । व्यावसायिक उत्पादनका लागि नगरपालिकाले यहाँका किसानलाई अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउनुका साथै उत्पादित वस्तुको बजारीकरणका लागि पनि आवश्यक सहयोग गर्दै आएको छ ।

वि.सं.२०७८ फागुन १८ बुधवार ११:१५ मा प्रकाशित

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए जग्गाधनी पुर्जा

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीले पाए जग्गाधनी पुर्जा

भद्रपुर ।झापां, ।  झापाको अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित...

६ वर्षमा काठमाडौँ महानगरको आन्तरिक आय १२ अर्ब नाघ्यो, घरजग्गा रजिस्ट्रेसनमा लक्ष्यभन्दा बढी सफलता

६ वर्षमा काठमाडौँ महानगरको आन्तरिक आय १२ अर्ब नाघ्यो, घरजग्गा रजिस्ट्रेसनमा लक्ष्यभन्दा बढी सफलता

काठमाडौं । काठमाडौँ महानगरपालिकाको आन्तरिक राजस्व संकलन पछिल्ला ६ वर्षमा...

प्रधानमन्त्री शाह नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाह नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ः३० बजे प्रधानमन्त्री...

चार लाख भारतीय रकमसहित पक्राउ

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क...

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

वालिङ । नेपाली लेखक संघ (२००८), स्याङ्जाद्वारा ४४ औँ बि.पी....

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

गण्डकी । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट...